जीवन वृक्षको डालीमा

-डिल्ली राज पाण्डे

जीवन वृक्षको डालीमा
कोरोनारूपी आतंकको राज
उल्कापातको साइरन जताततै
आँकुराहरू लछारिएका छन्
मातृभूमिको संघारमा
शहर बजार र गाँउमा
आँगनमा घरको दलानमा
शिकारको ब्यग्र प्रतिक्षामा
मृत्युको साइरन बजिरहेको छ
हामी मानव
एउटै समुन्द्रका छालहरू
लाग्छ !
भाइरसले पछारेको नांगो छाना मुनि
घोप्टो परेर रोइरहेको छौं
विज्ञान लाजले झोंक्रयाइ रहेको छ
बालकहरू खेल्ने चउरहरूमा
भाइरसको परेड छ
सपना जस्तै
जताततै शोक धूनहरू बजिरहेका छन्
बस् !
एउटा कर्कश आवाज आइरहेको छ,
र यही आवाजमा अभ्यस्थ म
घुम्दैछु फनफनी
सहज र सरल जीवन बाँचौ
लापरवाह होइन जीम्मेवार बनौं
आफु बाँचौ अरुलाइ पनि बाँच्न दिऊं !
आखिर जो बाँच्दछ,
केवल बाँच्नका लागि नभएर
मर्नका लागि मात्र बाँच्दछ ।।