मेरो देश मै बनाउछु भन्ने सोच राखी आफ्नो सिपलाइ सबै नेपालीले सम्भावना सङग जोड्नुपर्दछ

अनुपा प्याकुरेल, मेट्रो दैनिक ।

राम्रो कामको राम्रो मुल्यांकन गर्नै नहुने भनेर कानुनमा प्रतिपक्ष दलको भुमिकामा उल्लेख गरिएको छ ?? हैन भने सधै किन यस्तो?? राम्रो काम त राम्रो हो भनेर मुल्यांकन गर्न किन हिचकिचावट ???

असिमित रुपमा युवा जनसंख्या भएको देश नेपाल । र, श्रम गर्न नहिचकिचाउने, श्रम गर्न रुचि राख्ने जनताको देश नेपाल। मेरो देश म आफै बनाउछु भन्ने भाव बोकेर धुर्मुस सुन्तलीले श्रम गर्न रुचि राख्ने उदाहरण बोकेको देश भएको हुनाले र इमानदारिताका साथ श्रममा संलग्न हुने भएकै हुनाले वैदेशिक रोजगारीमा समेत नेपालीहरु रोजगार दाताहरुको छनोटमा पर्छन । किन छनोटमा पर्छन भन्दा इमानदारीताका साथ श्रमप्रति रुचि राखेर नेपालीहरु काम गर्छन, त्यसकारण ।फेरि पनि नेपालीहरु बेरोजगार छन् । यहाँनिर दुईओटा कुरा नमिलेका छन्, एउटा हामीले विकास गर्ने अभिलाषा राखेका छौं, विकास गर्न चाहन्छौं । एकातिर देश विकास गर्न चाहन्छौं । विकास गर्न काम गर्नु पर्छ । काम गर्न अवसर नपाएर युवाहरुको ठूलो संख्या बाहिर गएको छ । बाँकी संख्या बेरोजगार छ । कोइ रहरमा जान्छन अनि फेरि पनि प्रधानमन्त्रीको नाम लिदै भन्छन : ओलिको बोलि मात्र भएर बिदेशीएको कठै : जस्ले देश र जनताको निम्ति भनी १४ बर्ष जेलको कठिन अवस्था पार गर्यो, जस्ले आफू नभनी शरीर नभनी अहोरात्र गरिनै रहेको छ । `म एक मुठ्ठी सास रहुन्जेल नेपाल र नेपालीका निमित्त निराश जगाउने छैन ´ भनी सपथ खाएको छ फेरि पनि हामी बिरोध गर्छौ । बिरोध गर्नु ठुलो बिषय होइन बिरोध सहनु साहासिताको उदाहरण हो ।

प्रधानमन्त्री ज्यु : देश विकास गर्ने हो भने हजुरले मात्र होइन हामी सबैले सबैका लागि रोजगारीका अवसर सिर्जना गर्नै पर्दछ । रोजगारीका अवसरहरुलाई आकर्षक बनाउँनै पर्दछ । यदि रोजगारीआकर्षक भएन भने आजको खुला दुनियाँमा जहाँ आकर्षण छ, जहाँ आकर्षक रोजगारी छ, त्यतापट्टि मान्छेको फ्लो जाने सम्भावना हुन्छ । त्यसकारण हामीले रोजगारीका अवसरहरु सिर्जना गर्ने मात्रै होइन ।आकर्षक रोजगारीका अवसरहरु सिर्जना गर्नु पर्दछ ।आकर्षक भित्र कामका स्थानहरुमा, कामका थलोहरुमा, कार्यक्षेत्रमा सम्मानजनक, उपयुक्त वातावरण र उपयुक्त पारिश्रमीकको व्यवस्था । सम्मानजनक काम र कमसेकम न्यूनतमा आवश्यकता पुग्ने गरिको पारिश्रमीक ।
त्यस दिशामा जानु पर्ने हुन्छ ।

यसरी हजुरले प्रतिबद्धता गरे सङगै थुप्रै कार्य भएका छन । तर , आजका युवा समाजले एउटा जिद पकडेको छ कि `कागले कान लग्यो भने कान छाम्ने होइन कागको पछि दगुर्नुपर्छ ´ । सकारात्मक शैली लोप भएको छ आधुनिक युवा समाजमा । नकारात्मक तिर ढल्किएको युवा समाज नराम्रो कामको नराम्रो मुल्यांकन त गर्छन नै त्यसको सङगसङगै राम्रो कामलाइ पनि कुन कुरा चाइ नराम्रो भयो अनि राम्रो गर्यो भनेर नकारात्मक पक्ष केलाउन मै ब्यस्थ छ ।।

नेपालमा रोजगारी छैन कस्ले भन्छ
म पनि यहि देशको २२ बर्षिया युवा हु ।
रोजगारी भनेको जागिर मात्र होइन ।
रोजगारी भनेको–श्रम बेच्ने मात्रै होइन, श्रम गर्ने पनि हो । आफैले श्रम सिर्जनागर्ने, आफ्नो निम्ति आफैले श्रम सिर्जनागर्नेआफैँ उत्पादनका, आफ्नै उत्पादनका कामहरुमा लाग्ने त्यो वातावरण पनि बनाउनु पर्छ । अहिले हामीले जति बढी मात्रमा आधुनिकीकरण गर्न सक्छौं देशलाई, आधुनिकीकरण तर्फको यात्रालाई अगाडि बढाउन सक्छौं, जति मात्रामा औधोगिकिकरणको यात्रालाई अगाडि बढाउँन सक्छौं । त्यति बढी मात्रामा रोजगारीका अवसरहरु सिर्जना हुन सक्छन् र हामी हाम्रा समस्याहरुको समाधान गर्न सक्छौं ।त्यसका निम्ति हामीले एउटा त शिक्षा क्षेत्रबाट बेरोजगार उत्पादन हुने शिक्षालाई रोजगार उत्पादन गर्ने,रोजगार दिने, सीप दिने, क्षमता दिने, अध्ययन गरिसकेपछि त्यो अध्ययन आफै समस्या नहोस् । कुनै शैक्षिक प्रमाण पत्र समस्या नहोस् । शैक्षिक प्रमाण पत्र समस्याको समाधान बन्न सकोस् । शैक्षिक स्तरले समस्याको समाधान दिन सकोस् । हामीकहाँ शैक्षिक स्तरले समस्याको समाधान दिदैन । आम रुपमा त्यस स्थितिले बेरोजगारीको अवस्था अन्त्य गर्दैन । बेरोजगारीको जुन चर्चा हामी गरिरहेका छौं, त्यो चर्चा शिक्षाको पद्धतीसँग, शिक्षाको अवस्थासँग पनि जोडिएको छ । त्यस कारण अहिले सरकारले शिक्षालाई जीवन उपयोगी शिक्षा भनेर नामाकरण गरेको छ । जीवन उपयोगी । शिक्षा प्राप्त गर्ने मान्छेले आफ्ना निम्ति जीवन सहज, सरल बनाउन सकोस् र समाजका निम्ति उसको जीवन, उसको उपस्थिति, उसको शिक्षा उपयोगी हुन सकोस् । आफ्ना निम्ति जीवनलाई सरल, सहज बनाउन सहयोगी हुने र घर, परिवार, छिमेकी आफ्नो समाज, आफ्नो देशको लागि उपयोगी हुने शिक्षा । शिक्षामा यता जोड दिएपछि हामीले बेरोजगारको समस्या, बेरोजगारीको समस्या त्यति झेल्नु पर्ने अवस्था बन्दैन्

बेरोजगारि समस्याको समाधानको उपाय

आफ्नो क्षेत्रमा रहेको सम्पुर्ण जनशक्ति मिलेर सकारात्मक सोच अनि राम्रो कार्यमा सबैको साझेदारि नै बेरोजगारी समस्याको समाधानको सहि उपाय हो । हामीले हाम्रो जनसंख्या कहाँनिर अल्झिएको छ भनेर हेर्नु पर्ने भएको छ ।नेपालको कुल जनसंख्याको लगभग दुई तिहाइको जनसंख्या कृषिमा अल्झिएको छ । कृषिमा अल्झिएको जनसंख्या यात अल्प रोजगारमा छ, पुरानो ढाँचाको कृषि र त्यसले छेउमा फेरि अरु अवसरहरु सिर्जना गर्दैन । श्रमका, कामका अन्य अवसरहरु सिर्जना गर्दैन । पुरानो ढाँचाको छ । आधुनिक छैन्, पुरानो छ । ठूलो स्केलमा छैन, सानो स्केलमा छ । हाम्रो जमिन ससानो टुक्राहरुमा छ । उत्पादन सानो स्केलमा छ । एउटाले अलिकति करेला उत्पादन गर्छ–खाई सक्दैन, विक्री हुदैन । अर्काले अलिकति घिरौंला उत्पादन गर्छ खाइसक्दैन्, विक्री हुदैन । अर्काले अलिकति अदुवा उत्पादन गर्छ, खाइपनि सक्दैन, विक्री पनि हुदैन । त्यसो भएपछि अलिकति बढी उत्पान हुदा पनि उसको बजारसम्म पुग्ने हैसियतको उसको उत्पादन हुदैन । बजारसम्म पुग्ने उसको उत्पादनले ल्याकत राख्दैन । किन किसानहरुले समय समयमा हामी देख्छौं दुध पोखेको, हामी देख्छौं टमाटर सडकमा छरेको, हामी देख्छौं घिरौंला सडकमा छरेको, हामी देख्छौं सिमी सडकमा छरेको, अनि ट्रक आएर सडकमा कुद्दा त कुल्चिन्छ । अनि कुल्चिए पछि किसानले अाँशु खसाउँछन् । मेरो यत्रो मेहनत यसरी कुल्चियो भनेर । किनभने उसले थोरै उत्पादन हुन्छ, त्यो बजार जान सक्दैन् । ठूलो परिमाणमा उत्पादन भए बजारमा जान सक्थ्यो । ठूलो परिमाणमा उत्पादन भए त्यसले साइड जव क्रिएट गर्दथ्यो अरु । त्यसले मलका लागि पशुपालन गर्दथ्यो होला । त्यसबाट दुग्ध उत्पादन हुन्थ्यो होला । दुग्धजन्य उत्पादनको अर्को कारोवार हुन्थ्यो होला । अरु विभिन्न खालका ठूला स्केलमा हुँदा अरु त्यहाँ प्रशोधनका कामहरु गर्दथ्यो होला । अथवा अरु त्यसका साइड जबहरु थुप्रो निस्किन्थ्ये । त्यस्तो नभएपछि साइड जव निस्किदैन । यस कारण कृषिको आधुनिकीकरण यदि हामीले बेरोजगारी समस्याको समाधान गर्ने हो भने, कृषिमा अल्झिएका मानिसहरु एकैपटक औधोगिक उत्पादनमा जान पनि सक्दैनन् किनभने उनीहरुसँग त्यो सीप छैन् ।त्यस व्यवसायसँग पहिचान, परिचय छैन् । त्यो व्यवसायमा उनीहरु परिचित छैनन् र त्यसमा अभ्यस्त हुन सक्दैनन् । त्यस कारण उनीहरुलाई क्रमश अभ्यस्त गर्नका लागि शिक्षाबाट, आधुनिकीकरणबाट, सीप विकासबाट, व्यवसायीक तालिमबाट,साइड जवको क्रिएशनबाट उनीहरुलाई नयाँ ढंगले, नयाँ श्रमको क्षेत्रमा स्तान्तरण गर्दै जानुपर्छ ।

देश मेरो हो । प्रधानमन्त्रीको होइन ।त्यसैले हरेक नेपालीले यो सोचको धारणाको बिकाश गरि मेरो देश मै बनाउछु भन्ने सोच राखी आफ्नो सिपलाइ सम्भावना सङग जोड्नुपर्दछ ।।
आज हामीले सोच्नु पर्ने कुरा भित्र–एउटा प्रकारको पेशाबाट अर्को प्रकारको पेशामा स्तान्तरण गर्ने । साधारणतया कृषिबाट–उद्योग, सेवा, व्यापारका क्षेत्रहरु, पर्यटनका क्षेत्रहरु यतापट्टि स्तान्तरण गर्ने । तर त्यो स्तान्तरण गर्न हामीले योजनाबद्ध कुन ठाउँमा कस्तो प्रकारको सीप, यतिकै एउटा सीपको लागि सीप तालिम केन्द्र खोल्यो तर त्यो विक्री हुदैन त्यसपछि त्यो काम लाग्दैन ।अघि भर्खर हामीले केश काट्ने तालिमको कुरा सुन्यौं । यसो मास्टर्स गरेकोले केश काटेको पनि देख्यौं राम्रै लाग्यो एकछिनलाई। तर, एक ठाउँमा केश काट्ने तालिमको केन्द्र खोलिएछ । एउटा नगरपालिकाले खोल्यो, त्यहाँ थुप्रो युवाहरुले केश काट्न सिके । केश काट्न मान्छेका टाउका त चाहिए । सिके थुपै्रले टाउका छैनन् केश काट्ने । अब समस्या त त्यहाँ पर्यो । तालिम प्राप्त गरे, सीप भयो । तर, सीप काम नलाग्ने, विक्री नहुने, प्रयोगमा नआउने । महिनामा एक जनाको केश काट्न नपाएपछि अनि त्यो तालिम के काम लाग्यो ?
त्यस कारण हामीले तालिम रोजगारीका अवसरहरुसँग जोडेर कुन काम हाम्रो अगाडि छ ? कुन तालिम दिदा खेरि त्यो व्यवहारिमा कार्यान्वयन हुन सक्छ ? त्यस कारणएकातिर काम, एकातिर सीप सँगसँगै जोडेर कामका लागि व्यवसायीक कामसँग सम्बन्धित तालिम । सीपको विकास त्यसकामबाट । यसरी लगेर जोड्यौं भने मात्र हाम्रा तालिमहरु उपयोगी हुन सक्छन्–सम्भावनाहरुसँग जोडेर दिएको तालिम मात्रै । सम्भावनाहरुसँग जोडिएन भने त्यो सीप काम लाग्दैन् । त्यसकारण हाम्रो बजार हेरेर, श्रम हेरेर, काम हेरेर उत्पादन र श्रमको तयारी । त्यस अनुसारको योजनाबद्ध गर्न जरुरी छ भन्ने मलाई लाग्छ ।

जमिन बाँझै छोड्ने,रोजगारीका लागि भौतारिने 
हामीसँग युवा जनसंख्या छ । तर,जति बेरोजगारीको चर्चा छ यो मेरो विचारमा वास्तविक बेरोजगारी चाँहि होइन् । मसँग जमिन छ । मसँग मान्छे पनि छन् । तर, जमिन बाँझै छ, मान्छेले त्यहाँ काम गर्दैनन् । अनि बेरोजगारी सिर्जना भएको छ । मसँग जमिन छ । मसँग त्यो जमिनमा काम गर्ने मान्छे छ । जमिन बाँझै छ, मान्छे बेरोजगार छ । यो त आम कुरा भएको छ नि हाम्रो ।अब यसलाई आधुनिक कृषि तर्फ, त्यसै कारण मैले भने आधुनिकीकरण, व्यवसायिकीकरण, औधोगिकरणतिर लानु पर्छ र क्रमश त्यो स्थानन्तरणको बाटोमा लानुपर्छ भनेको हो ।
त्यहीँ ठाउँमा अलिकति आधुनिक कृषि ग¥यो भने कृषिलाई पनि हरेक श्रमको क्षेत्रलाई, कामको क्षेत्रलाई सम्मानजनक क्षेत्रको रुपमा बुझ्ने र त्यो सम्मानजनक क्षेत्रले आम्दानी पनि दिन सकोस् । अब पुरानै ढाँचाले गर्दा कृषिले आम्दानी दिन सक्दैन्,लागत उठ्दैन । त्यसकारण मान्छेले कृषिमा काम गर्दैनन्  । आकर्षक हुदैन । त्यसलाई आकर्षक बनाउनको लागि आधुनिकीकरणमा जानु पर्छ । व्यवसायिकीकरणमा जानु पर्छ र ठूलो उत्पादन, ठूलो स्केलको उत्पादनमा जानु पर्छ । बरु हामी सहकारीहरुलाई यसमा उपयोग गर्न सक्छौं । होइन भने एउटै ठाउँमा किसानहरुलाई अभिप्रेरित गर्न सक्छौंकी एकै प्रकारको उत्पादन गरुन ।

अघि हामीले खाडीका देशहरुमा निर्यात गदै गरेको करेला सरेलाको देख्यौं हामीले । एक तिहाइ पनि हामीले पठाउन सकेका छैनौं । किन हाम्रोमा उत्पादन नहुने त होइन तर त्यो कुन उत्पादन कसरी गर्ने त्यो थाहा छैन् । त्यो उत्पादन भयो भने कसरी पठाउँने थाहा छैन्के हो । निर्यातक, उत्पादक, उपभोक्ता यसका विचमा समन्वयात्मक काम हुन सक्यो भने र उत्पादकहरुले कमसेकम एउटा क्षेत्रमा, एउटा इलाकामा एकै प्रकारको उत्पादन गर्यो भने । अब चार ओटा बोट सुन्तला लगायो डोकामा बोकेर उसले विदेश पठाउँन सक्दैन् । दुई ओटा बोट आँप लगायो उसले बजार पठाउन सक्दैन् । त्यस कारण बजार पुर्याउने गरी । कृषि उपजनै दुनियाँलाई चाहिएको छ, हाम्रोमा अत्यन्त उर्वर जमिन छ । हाम्रोमा खास सिंचाइको प्रबन्ध पनि छैन् ।अरबका देशहरुमा जस्तो तार लगेर हरेक विरुवाको फेदफेदमा लगेर जडान गर्नु पनि पर्दैन । पानी पनि पर्छ, कुलो पनि लाग्छ । कुलो नलगाए पनि परेकै पानीले पनि फलफूललाई पुग्छ । तर हामी त्यस स्केलमा गरिरहेका छैनौँ । अर्को औद्योगिकरण गर्ने कुरामा, आधुनिकीकरण गर्ने कुरामा हाम्रो पर्याप्त ध्यान गएको छैन । यो मैले कृषि क्षेत्रको एउटा सेक्टरको कुरा गरे । तर अब त्यसको आधुनिकीकरण गर्ने र त्यहाँबाट त्यो निस्क्रिय रहेको अर्धरोजगार अथवा अल्परोजगार अथवा बेरोजगार जुन जनसंख्या त्यहाँ अल्झिएको छ, त्यसलाई अन्त सिफ्ट गर्नु पर्ने छ । शिक्षाबाट, तालिमबाट, सीप विकासबाट अन्त लानुपर्छ र त्यसलाई योजनावद्ध ढंगले हामीले कुन कुन क्षेत्रमा लानुपर्छ ? त्यो गर्नु पर्छ हामीले पहिले हाम्रो अवस्था र त्यसमा हाम्रो मानव संशाधनको स्थिति के छ ? कस्तो गर्नु पर्छ भनेर प्रक्षेपणको त्यो अध्ययन गरेर प्रक्षेपण गर्ने एउटा हामीले समिति बनायौँ । अस्तिको दिन बेलुका त्यस समितिले मलाई प्रतिवेदन बुझाएको छ ।

त्यस प्रतिवेदनले हामीलाई अब अलिक बढ्ता हाम्रा आवश्यकता कुन कुन क्षेत्रमा के हुन ? र, अरु त्यो आवश्यकता हामी कसरी कसरी पुरा गर्न सक्छौँ भन्ने त्यस प्रक्षेपणले हामीलाई अलिकति मार्गदर्शन गर्छ । र, मैले त्यो प्रक्षेपणको तयारी गर्ने, अध्ययन गर्ने त्यस टिमलाई फेरि भनेको छु कि तपाईहरुले फेरि यसलाई अझै अध्ययन गर्नुस् र थप प्रक्षेपण कुन क्षेत्रमा कति मान्छे चाहियो ? त्यो त्यसै गरी उत्पादन गर्ने ।  हामीलाई कृषि विशेषज्ञ कति चाहियो ? हामीलाई इन्जिनियर कति चाहियो ? हामीलाई म्यानेजमेन्टका दक्ष मानिसहरु कति चाहियो ? हामीलाई टुरिजममा कति चाहियो ? मेडिसिनमा कति चाहियो ? अरु विभिन्न सेक्टरहरुमा कति चाहिए ? हामीलाई टिचर कति चाहिन्छ ? कुन कुन विषयका टिचर कति चाहिन्छ ? यो अन्धाधुन्ध होइन, प्लानवेमा । हामीलाई यति चाहिन्छ, त्यस कारण कृषी विशेषज्ञ यति चाहिने भएको हुनाले यस यस ठाउँमा हामी कृषि क्याम्पसहरु खोल्छौँ र यसरी विज्ञहरु पैदा गर्छौँ ।
करिब करिब अबको दुई वर्ष देखि पाँच वर्षको अवधिमा यसलाई योजनाको बाटो बाट हामीले यि समस्याहरुको समाधन दिन सक्छौ । जसले छोटा अवधिमा एउटा ठूलो रुपान्तरण ल्याउन सक्छ ।

यस प्रशंगमा आफ्नै ढंगले प्रयास गर्ने जस्तो हामीले कुनै इण्डष्ट्रियलिष्टलाई, व्यवसायीलाई यसो भनेका छैनौँ कि तपाईं यो काम गर्दिनुस्, यहाँ लगानी गर्नुस् । यति रोजगारी यसबाट सृजना हुन्छ, यहाँ बजार छ । त्यो हामीले भन्न सकेका छैनौँ । हामीले शिक्षामा लगानी गर्नेलाई यो भन्न सकेका छैनौँ कि हामीलाई यस विषयमा यति दक्ष जनशक्ति, शिक्षित जनशक्ति यस विषयमा चाहिएको छ, भन्न सकेका छैनौँ । तालिम दिने संस्थाहरुलाई यो भन्न सकेका छैनौँ कि यति मान्छे यस कामका लागि यसरी चाहियो । यो तालिम दिनुस् ।

प्रधानमन्त्री ज्युको परिकल्पना सत्य हुन्छ
थोपाथोपा मिलेर सागर बन्छ । तपाईं हामी दब्सी थोपा हौ एकजुट भयौ भने महासागर बन्दछ ।अनि त्यो समय हामिलाइ परेको समस्याहरु सुनाउनुपर्छ । यदि यस्तो दक्षजनशक्ति, अथवा सरकारलाइ भन्नु पर्छ यो ठाउँमा यो पुगेन ।अहिलेको लागि सरकारले त्यो गर्न सकेको छैन । त्यो म स्वीकार्छु, अहिले सम्म त्यो सरकारले गर्न सक्ने अवस्थामा किन भने हाम्रो त्यस्तो सामाजिक अध्ययनै पर्याप्त भएन । हामी कुन अवस्थामा छौँ भन्ने अरुले गरिदिएका विश्लेषण, अरुले निकालि दिएका निष्कर्षहरुमा बढी आधारित छौँ । हाम्रो आफै, आफ्नै डिटेल नेशनल प्रोफाईल । त्यो हरेक चिजको प्रोफाईल चाहि हामीसँग आफ्नै चाहि छैन । त्यसो भएको हुनाले त्यो प्रोफाईल तयार गर्ने र त्यसका आधारमा हामीले जानु पर्ने, अगाडि बढ्नु पर्ने र समस्याको समाधानमा पुग्नु पर्ने आवश्यकता छ । यसका कामका निम्ति हाम्रा विकासका साझेदार मित्रहरुले हामीलाई सहयोग गरिरहनु भएको छ । यसमा म उहाँहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । उहाँहरुले जुन हामीलाई विभिन्न कोणबाट आर्थिक सहयोग र साझेदारीको कोणबाट मात्रै होइन । अरु अनेक कोणबाट पनि सहयोग गरिरहनु भएको छ । म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । तर त्यस सहयोगलाई हामीले सदुपयोग गर्न सकिराखेको छैन । त्यसलाई व्यवस्थित ढंगले प्रयोग गर्न सकिराखेको छैन । जो प्रतिफल दिने गरी उपयोगी हुन सकोस् । त्यस कारण हामीले त्यस दिशामा काम गर्न जरुरी छ ।

मलाई लाग्छ, यस गोष्ठीले यी विविध पक्षहरुमा नयाँ नयाँ क्षेत्रहरुले रोजगारीको अवसरहरु सृजना गरिराखेको छ । आधुनिकीकरणका बहुत आयामहरु, बहुत पक्षहरु छन् । त्यसले आईटी सेक्टर देखि लिएर थुप्रै सेक्टरहरु छन् । जसले नयाँ नयाँ अवसरहरु सृजना गर्छ । अर्को कुरो हाम्रो देशमा निर्यातका निम्ति हाम्रो परम्परा, हामी एउटा परम्परा भएको देश हौँ, इतिहास भएको देश हौँ, संस्कृति भएको देश हौँ र हाम्रा पुरातात्विक चिजहरु थुप्रो छन् । र, त्यो पुरातात्विकता हाम्रो इतिहास, हाम्रो परम्परा त्यससँग आधारित चिजहरु त्यो आफैमा विश्वका निम्ति एउटा आकर्षणको कुरा हो । मैले थुप्रै ठाउँमा सुन्ने गरेको छु, त्यसको हाम्रा उत्पादनहरु र निर्यातसँग पनि सम्बन्धित छ । हामी हाम्रो कलाको निर्यात गर्न सक्दछौँ । हामी हाम्रो परम्पराको प्रतिविम्व विश्वलाई जानकारी गराउने गरीका विभिन्न वस्तुहरु उत्पादन गर्न सक्दछौँ । हाम्रो काष्ठकला, हाम्रो मुर्तीकला, हाम्रा अरु विभिन्न कलाहरु, तिनीहरु दुनियाँका लागि आश्चर्यका विषय छन् । विश्वमा सब भन्दा पुराना मन्दिर खोज्नु पर्छ भने नेपालमा आउनुपर्छ । विश्वका सबभन्दा पुराना देव प्रतिमा खोज्नु पर्छ भने यहाँ आउनु पर्छ । १८ सय वर्ष देखि चाँगुनारायण डाडाँमा उभिएर सभ्यताहरुको उत्पत्ति, विकास अनेक हेरिरहेका छन् । पेरिस कसरी पैदा भयो ? कसरी बन्यो ? कसरी उठ्यो ? चाँगुनारायणले हेरिराखेको छ । लण्डन कसरी उदायो ? कोलम्बसले अमेरिका कसरी पत्ता लगाए ? केपटाउन हुँदै कसरी वेष्टइन्डिज तिर पुगेर झुक्किएर इन्डिया ठाने चाँगुनारायण मुस्कुराएर हेरिराखेका थिए । त्यो सानो कुरा होइन । त्यस कारण हामीसँग यो सब कुराहरु छ । जो हाम्रो सम्पदा हो, हाम्रो सम्पत्ति हो ।

प्रतिपक्षलाई आग्रह: मिलेर देश बनाउँन प्रधानमन्त्रीलाई सहयोग गर्नुहोस पद होइन देश बनाउन लाग्नुहोस

हाम्रो देशको विकास, हाम्रो आवश्यकता कर्तव्य हो । आजको सरकारमा को छ ? को प्रतिपक्षमा छौँ? त्यो बेग्लै कुरा हो । तर सत्तापक्षमा भए पनि प्रतिपक्षमा भएपनि यो त आवधिक कुरा होला । निर्वाचन देखि निर्वाचन सम्मको सत्ता पक्ष र प्रतिपक्ष हुन्छन् । फेरि निर्वाचनमा अर्को कुरा हामीले जनताको अगाडि फेरि जनताको अभिमत के छ भनेर जानुपर्छ । ति हाम्रा लोकतन्त्रका प्रकृयाहरु, हामीले छानेर ल्याएका प्रकृया छदैछ । तर यो देशको विकास, यसको समृद्धि हामी सबैको आवश्यकता हो र हामी सबैको कर्तव्य पनि हो ।
त्यस कारण सरकारको तर्फबाट गर्न पर्ने कुराहरु, अपनाउनु पर्ने सबैसँगको सहयोग कसरी लिने त्यस सम्बन्धमा सरकार सजग छ । र, सरकारको तर्फबाट त्यसमा पनि प्रतिपक्षसँग मिलेर काम गर्न सरकार सदैव तत्पर, इच्छुक, उत्कट, अविलाषा राख्दछ  ।

म प्रतिपक्षलाई पनि आग्रह गर्न चाहन्छु, हामी सँगै मिलेर काम गरौँ, देश साझा हो । स्वभाविक हो सरकारमा हुनेलाई सरकार राम्रै लागेको होला ? प्रतिपक्षमा हुनेलाई आफु हुनुपर्दथ्यो यो सरकारमा यो सरकार भएको नराम्रो लागेको होला ? । पछि जनताले फैसला गर्छ नि त केही बिग्रेन । तर, देश विकासको काममा सँगै जाउँ न । किन भोलि तपाई र मेरा छोरा छोरी, नाति नातिनीहरु पढ्ने विद्यालय तिनै हुन । स्कूलको, क्यापसको, विश्वविद्यालयको पाठ्यक्रम त्यहीँ हो । रोजगारीका अवसरहरु पर्याप्त सृजना हुन्थ्यो भने, गरिबी निवारण हुन्थ्यो भने हिजोको व्यवस्थाले त्यो गरिदिएको भए आज हामी आधुनिक नेपालमा उभिएर आधुनिक नेपालको उचाईबाट ड्राइभ लिन सक्थ्यौँ । आज हामी किन सत्तपक्ष होस कि प्रतिपक्ष होस । हामीले त गरिबीको सामना गर्नै परेको छ ।

प्रधानमन्त्री ज्यु कार्यकाल सकंदा देशको परिस्थितीमा परिवर्तन ल्याउनुहोस ।

अब हामीले भावि सन्ततीलाई यहीँ गरिबीको सामना गर्ने परिस्थिति हस्तान्तरण गर्ने होइन, गर्न हुँदैन । हामीले परिस्थितिमा परिवर्तन ल्याउनु पर्छ । गरिबी हस्तारण गर्ने होइन, बेरोगजारी हस्तान्तरण गर्ने होइन । त्यस कारण म भन्न चाहन्छु, तपाईं आफ्नो कार्यकाल टुङ्गिदा यस स्थितिमा अधिकतम सकारात्मक परिवर्तन ल्याउनुहोस, हजुरले सरकार छोड्दा परिस्थितिमा परिवर्तन ल्याएर गरेर देखाउने हजुरको उद्देश्य पूरा होस । त्यो तपाइका लागि होइन, त्यो देशका लागि हो । तपाइले राम्रो काम गरे भने तपाइको राम्रो कामको नाम कसैले लिनेवाला छैनन , चर्चा हुने पनि छैन । कहीं कसैले लेख्यो भने पनि त्यसको गलत ब्याख्या हुन्छ उ त्यो त प्रधानमन्त्रीको अन्धभक्त रैछ । कसैले सकारात्मक रुपमा लिने छैनन । तर पनि प्रधानमन्त्री ज्यु काम त हुनु पर्छ । तपाइमा भएको जोसले परिवर्तन चाँहि ल्याएर छोड्ने संकल्पले जित्नेछ । त्यो संकल्पका लागि म अनि हामी सबै मिलेर काम गरौँ । मेरो आग्रह अनुरोध छ, हाम्रो निम्ति हो, हाम्रा सन्तानका निम्ति हो । कमसेकम हाम्रा छोरा छोरी, नाती नातिनीहरुलाई माया गरौँ । सुन्दर सुरक्षित धर्ती, समृद्ध नेपाल सुखी नेपाली यही बनाउँ ।