लकडाउनको सदुपयोग : बेली डान्स सिक्दै अभिनेत्री ऋचा

 

कोरोनाको त्रासका कारण भारत सरकारले देशभर लकडाउन गरेको छ । यस्तो अवस्थामा साना तथा ठुलापर्दाका  सबै कलाकार घरभित्र सिमित हुन पुगेका छन् । लकडाउनका कारण फिल्म तथा टिभी सिरियलका सबै प्रकारका सुटिङ लगायतका काम समेत स्थगित भएका छन् । यो समय अधिकांश कलाकार सामाजिक सञ्जालमार्फत नै फ्यानसँग जोडिने गरेका छन् । 

इन्स्टाग्राममा सक्रिय अभिनेत्रीहरु मध्यमा ऋचा चड्ढा पनि एक हुन् । उनी लकडाउनको समय सदपयोग गर्दै घरमा बेली डान्स सिकिरहेकी छन् । उनी आफैंले सामाजिक सञ्जालमार्फत  आफुले बेली डान्स सिकिरहेको जानकारी दिएकी हुन् । ऋचाले बेली डान्स सिक्दै गरेको आफ्नो एक भिडियो समेत सामाजिक सञ्जालमार्फत शेयर गर्दै लेखेकी छन् ‘म अहिले नयाँ कला सिक्दैछु ।’ ऋचाले सामाजिक सञ्जालमार्फत शेयर गरेको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियो तथा ऋचाको पोष्टलाई धेरैले प्रतिक्रिया समेत जनाएका छन् ।