फेसबुकबाट सार्वजनिक गरे मेयर प्रसाईंले काेरिया जानुकाे कारण
मेट्रो दैनिक ७ असोज, काठमाडौँ । 
 
सर्लाही जिल्ला हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले मंगलबार राति करिब पाैने दश बजे केही फाेटाेहरु सहित अंग्रेजीमा एउटा स्टाटस लेखे ।
 
जसमा उनी आजै काेरिया जान लागेकाे खवरकाे जानकारी थियाे । नेकपा सर्लाही जिल्लाका अध्यक्ष रेवती पन्त लगायत जिल्लास्तरीय करिब दर्जन संख्याका नेताहरुले बिदाई गर्दै गरेका फाेटाेहरु राख्दै उनले काेरिया भ्रमणका कारणहरु प्रष्ट्यान खाेजेका छन । दुई छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेकाे उनले जनाएका छन ।
पर्यटन प्रवर्द्धन संगठन काेरिया र ग्वाङ्गजु महानगरपालिकाकाे निमन्त्रणामा आयाेजना हुन लागेकाे छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएकाे उनले फेसबुकमा लेखेका छन । उनी २४ सेप्टेम्बर देखि २८ सेप्टेम्बर सम्म उनी पर्यटन प्रवर्द्धन संगठन काेरिया द्वारा आयाेजित विशेष साधारण सभामा उपस्थित रहनेछन ।
 
त्यसैगरि २८ सेप्टेम्बर देखि ३ अक्टाेबर सम्म मेयर प्रसाईं ग्वाङ्गजु महानगरपालिकाकाे आयाेजनामा हुने मानबअधिकार सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुनेछन । प्रसाईं संगै धुलिखेल नगरपालिकाका मेयर अशाेक ब्यान्जु, भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र धरान उपमहानगरपालिका कि कार्यबाहक मेयर मन्जु भण्डारी काेरिया प्रस्थान गरेका हुन । मेयर प्रसाईं सहितकाे टाेली अक्टाेबर ४ तारिखका दिन नेपाल फर्किने कार्यक्रम छ ।