साधुको श्रीमती र सुनको असर्फी

मेट्रो दैनिक, काठमाडौं ।

  • आचार्यश्री ओशो अखण्ड  

मानिसको चाहना वा कामना अपुर छ । संसारमा मानिस बाहेक अरु कुनै त्यस्तो प्राणि छैन जसले भोलिको लागि भनेर जम्मा गरोस । अकुत सम्पति जम्मा गरेर, भोग गरेर पनि सदा भोको पनको महशुष गर्ने त्यहि एउटा प्राणि हो जसलाई मानिस भन्ने गरिन्छ । अरुको हातमा देखेर आफुले नपाउंदा आफुलाई तुच्छ मान्ने मान्छेको जात जव त्यो बस्तु आफ्नो हातमा पर्दछ त्यसको कुनै मूल्य महशुष गर्न सक्दैन । किनको उसको मन आवश्यकताको कारणले होईन अपुर चाहना वा कामनाले ग्रसित भएको हुन्छ । तसर्थ चाहेको बस्तु पाउना प्राप्त बस्तुलाई मूल्य नदिएर उसको मन कोशौ परको आर्को सुन्दर बस्तुमा पुगी हाल्छ ।

त्यसैले भगवान कृष्ण गीतामा अर्जुनलाई निष्काम कर्ममा खुव जोड दिनु हुन्छ । कृष्णले अर्जुनलाई होईन अर्जुनको माध्यमले कामना ग्रसित मानव जातिलाई दिएको संदेश हो यो । शन्त मिरा बाई यहि मनको स्वभावलाई हेरेर भन्नुहुन्छ "मन मेरो हरामी पागल हात्ती" । सबै साधु शन्त पुरूषहरुले कामना या अतृप्त चाहना नै मानव जातिको मुक्तिको सब भन्दा बाधक तत्व मानेका छन । चाहना सुन्दर होस या खराव त्यसले केहि फरक पार्दैन चाहना आखिर चाहना नै हो । बुद्ध बन्ने चाहना असल सम्पति जम्मा गर्ने चाहना खराव यो होईन ।  राजा जनकलाई सम्झाउँदै अस्टाबक्र भन्नु हुन्छ "हे जनक कामना जैसी ब्याधि नहीं, निष्कामना से समाधि नहीं ।"  त्यसैले हामी कति आबश्यकता भन्दा अतिरिक्त चाहनाको शिकार छौं त्यस आधारमा आफ्नो मोक्षको मार्ग प्रसस्त गर्न सक्दछौ । कामना भनेको आफुलाई जीवन यापन गर्न चाहिने भन्दा अतिरिक्त लोभ पनि हो । यस सन्दर्भमा साधुको एउटा कहानी अति सान्दर्भिक छ :

 

एक बिकट गाउँमा एक जना ६५-७० वर्षका प्रख्यात साधु र उनको श्रीमती बस्दथे ।  उनीहरुको बच्चा केटाकेटीहरु थिएनन । उनीहरु एकदमै गरिव थिए हरेक दिन काम नगरी खानाको जोहो हुँदैनथ्यो । उनीहरुको आफ्नो भन्ने केहि थिएन, फाटेका लुगा चुहिने झुप्रो (सानो कुटी) थियो । उनीहरुको मुख्य पेशा जंगल जाने दाउरा काटेर शहर लैजाने बेच्ने र त्यहि पैसाले जीविका चलाउने थियो । तैपनि उनीहरु आफुलाई खुव सुखी र आनन्दित महशुष गर्दथे । कुनै दिन केहि कारणले काममा जान नसक्दा उनीहरु भोकै सुत्नु पर्दथ्यो ।

एक पटकको कुरा हो बर्षाको समय थियो ७ दिन सम्म निरन्तर झरी पर्यो उनीहरु चाहेर पनि जंगल जान सकेनन ।  जंगल जान नसके पछी उनीहरुको कमाई हुन सकेन साधु र उनको श्रीमती भोकै परे । ती हप्ता  दिन उनीहरुले पानी पिएर गुजारा चलाउन पर्यो तै पनि उनीहरुले हिम्मत हारेनन । अचानक बर्षा रोकियो दिन खुल्यो हप्ता दिन पछी उनीहरु सकी नसकी जंगल गए । यसै त बुढो शरीर त्यस माथि हप्ता दिनको भोक प्यास तै पनि उनीहरुको शरीरले धान्न सक्ने जति दाउरा काटे पसिना पसिना हुँदै भारी बोकेर शहर तिर लागे । भारीले टाउको थिचिएको थियो । साधु त्यस्तै १-२ सय मिटर अगाडि श्रीमती पछाडी थिईन । यस्तैमा साधुले बाटामा ३ वटा १-१  तोलाका सुनको सिक्का झरेर टल्की रहेको देखे । दायाँ बायाँ हेरे कसैको झरेको हो कि ? कसैलाई देखेनन । बाटामा घोडाको चाप थियो सायद कुनै साहु महाजनले आफ्नो थैलीबाट उक्त सिक्का खसालेको अनुमान साधुले गरे ।

उनले सिक्क त्यत्तिकै छोडेर अगाडि बढ्न खोज्दै थिए उनको मनमा झ्वास आयो "हामी हप्ता दिन देखि भोका छौ, गरिबीको सिमा छैन । श्रीमती पछाडीबाट आउँदै छिन कतै उनीमा लोभ पलाएर उनीले यो सिक्का टिप्न पनि सक्छिन ।" काम क्रोध लोभ मोह अहंकार जस्ता बिषय बास्नालाई, रीपुहरुलाई जितेर मुक्त भई सकेका साधुलाई आर्काको सम्पतिमा लोभ लाग्ने कुरै भएन । श्रीमती कुनै साधु शान्त होईनन उनीमा लोभ पलाउन पनि सक्ला भन्ने पिरले साधुले आफ्नो गोडाको औंलाले छिटो छिटो माटो खोस्रिएर उक्त सिक्कालाई बाटो छेउ माटोमा नै पुरीदिए । सिक्का पुरेर सकिना साथ उनको श्रीमती पनि साधु नजिक अईपुगिन । आफ्नो श्रीमानले केहि गरेको जस्तो लागेर श्रीमतीले साधुलाई "हजुरले के गर्नु भएको" भनेर सोधिन । साधु सत्य कुरा बताउने कि झुठ बोल्ने अलमलमा परे ।

जानी जानी झुठ कसरी बोल्ने ? साँचोकुरा बताउँदा श्रीमतीले उक्त सिक्कामा लालच गर्लिन भन्ने पिर उनलाई पर्यो । लामो समय नाजवाफ भए । कुनै उत्तर नदिई अलमलमा परेका श्रीमान तिर फर्केर श्रीमतीले फेरी आफ्नो कौतुहलता पुर्वक पुरानै प्रश्न दोहोर्यईन । साधुलाई पनि लाग्यो झुठ बोलेर पापको भारी बोक्नु भन्दा साँचो कुरा बताई दिन्छु । कथं कदाचित सुनको सिक्का प्रति श्रीमतीले लालच देखाईहालिन भने सम्झाई बुझाई गर्नु पर्ला यस्तो भाव साधुको मनमा पलायो । त्यस पछी साधुले श्रीमतीलाई सबै कुरा बेली बिस्तारमा सुनाई दिए र भने "कतै सुनको सिक्का त्यसै छोड्दा तिम्रो मनमा सम्पति प्रति लोभ पलाउला भनेर सुनको सिक्कालाई माटोमा पुर्दै थिएँ तिमी आई पुग्यौ ।" श्रीमानको सबै कुरा सुनी सकेपछी साधुको श्रीमतीले आफ्नो अनुहारको पसिना पुछिन, साधु तिर हेरेर मुसुक्क मुस्कुरईन र भनिन "हजुर पनि माटोलाई माटोमा किन पुर्नु पर्थ्यो ? हिड्नोस जाउँ ।"

श्रीमतीको यती गहिरो कामना रहित तर सरल उत्तर सुनेर साधु आफै लज्जित पनि भए । श्रीमतीमा त्यो तहको गहिराई वा समझ भएकोमा आनन्दित महशुष समेत गरे । 

 

दयनीय अवस्थामा यदि त्यो सुनको असर्फी वा सिक्का हामीले पाएको भए हामी के गर्थ्यौ होला ? जाच्ने कसी यहि नै हो । हामीले जीवनमा आफु बाँच्नको लागि अत्याबश्यक आवश्यकता केहो ? अतिरिक्त चाहना, कामना वा लोभ केहो ? राम्रोसंग आफै भित्र झाकेर पहिचान गर्न सक्नु पर्दछ । कामना जनम जनमको दुख र बोझ हो निस्कामना, त्रिप्तता वा अचाह नै असली अर्थमा मोक्ष हो ।

यसै सन्दर्भमा शन्त कविर भन्नु हुन्छ :

"साई हमे ईत्ना दिजिए, जहाँ मे कुटुम्ब समाउँ साधु भुखा नाजाए, मे भी भुखा ना रहुँ ।।"

भनाईको तात्पर्य : हे दाता मलाई यती मात्र दिनुहोस घरमा आएको पाहुनालाइ भोकै फर्काउन नपरोस र म पनि खान नपाएर भोक भोकै मर्न नपरोस

शन्त, साधु तथा बुद्ध पुरूषहरु आफुलाई बाँच्नको लागि पुरुषार्थको कुरा पनि गर्दछन तर अतिरिक्त लोभ नपलाओस भन्नेमा खुव होस पनि पुर्याउंदछन । मित्रहरु हामी साधनको मार्गमा छौं कयौं पटक हामीलाई बेहोसी पनले घेरेर नजानिँदो गरि चाहना वा कामनामा फसाउन सक्दछ । आफ्नो साधनको कसीमा आफैलाई जाचौं । स्वयं भित्र प्रवेश गरेर आफैलाई पटक पटक खरो उतार्दै अगाडि बढौं । यहि नै हाम्रो कल्याणको एक मात्र उपाय हो ।

ओम भवतु सर्व मंगलम ।।

हरी ओम तत्सत ।।।