प्रकृति भन्दा ठूलो के हुन्छ र ?

 

  • योग गुरु सुबोध सिंखडा

जतिबेला प्रकृतिको राज्य याने कि जीव र जगतको समन्वयात्मक राज्य थियो तेति बेला सबैले अस्थित्वको कारण एक अदृश्य शक्ति,या प्राकृतिक शक्ति, या ब्रह्माण्डीय शक्ति को रुपमा जान्दथे, जुन शक्तिले सृष्टि, स्थिति र प्रलयको नियम संचालन गर्दथ्यो । तेति बेला धर्म भनेको प्राकृतिक स्वाभाव अर्थात गुण थियो । धर्म भनेको मानावता थियो। प्रकृति धर्म, या प्राणी धर्म य जीव धर्म या तत्व धर्म या अझै सिमिततामा भन्दा मानव धर्म भनिन्थ्यो। मानवको धर्म सत् कर्म गर्नु, सुर्यको धर्म उर्जा प्रदान गर्नु, पानीको धर्म शीतल प्रदान गर्नु, आवाइन (ion) को धर्म प्रकाश या विधुत शक्ति पैदा गर्नु हो ।

जब त्यसलाई मान्छेले नै प्रकृति धर्मलाई लुप्त पार्दै मानव निर्मित धर्म अर्थात् परम्परा बनाइ दिए । यो अदृश्य शक्ति रुपी राज्य बाडफाड भए, तब यो विश्वव्यापी, अनन्त, अद्वैत , प्रकृति शक्ति लाई तीन राज्यमा विभाजीत गरिदिए । सृष्टिकर्ता ब्रह्मा, स्थिती या पालानकर्ता विष्णु र प्रलय या पुनर्जीवनकर्ता शिव लाई राजा या देवता बनाई दिए । अब यो अपरम्पार महा शक्ति एवं निराकार शक्ति, धर्म रुपी बन्धनमा बाधियो र राज्य जस्तो गरी संचालन हुन थाल्यो । अब कहिले कस्ले राज्य गर्ने, को कुन अवतार बनेर आउने, कुन को कहाँको देवता बन्ने, को शङ्करचार्य बन्ने, को पाधरी बन्ने, को रिङ्गपोछे बन्ने, को मन्डलेश्वर (मन्दिर पतिश्वर) बन्ने, को महाराज ( आश्रम पतिश्वर ) बन्ने, को गुठीको अध्यक्ष बन्ने, को पुजारी बन्ने, आदि आदि ।

त्यो सृष्टि, स्थिती र प्रलयको त्यो परम उर्जा को अस्थित्व र बोध चैतन्यको चेतना हराउदै गयो। अध्यात्मा हरायो, अर्थात परिभाषा फेरियो, बुझाइ फरक भए, पर्दा पछाडी पारीयो, त्यो वास्तविक मानव धर्म हरायो, सनातन हरायो। हिन्दु आए, बौद्ध आए, क्रीस्चियन आए, मुस्लिम आए, भगवान र मुर्ती भएर आए, सुनौलो सुनको गजुर को महल भएर, सुनौलो गुम्बा भएर, सेतो मस्जिद भएर, कलात्मक चर्च भएर आए, तर दुर्भाग्य सृष्टि, जीवन र चैतन्य लाई बिर्से । आफूले आफैंलाई बिर्से, ओमकार लाई या अ.......उ........म.........लाई बिर्से ।अर्थात जन्म, जीवन र मृत्युलाई बिर्से ।

अनि त्यो गति, काल, कर्म र चेतना लाई धर्मले शङ्ख,चक्र,गदा,पध्म को संकेतमा सिमित राखि दियो ।
उता विज्ञानले समय (चक्र) र गति (शङ्ख) को सन्तुलन पत्ता लगायो। ओमकार लाई ब्रह्म उर्जा (E), ब्रह्म तेज (C) र सृष्टि/पदार्थ (M) को ब्रह्म ज्ञानलाई बिज्ञानले E = MC2 मा रूपान्तर गरि सक्यो । हरेक कुरालाई विज्ञानले अर्को हिसबले गर्भधारण गर्न थल्यो, न्वारान गर्यो, वृद्धि एवं विकास पनि गर्यो तर विज्ञानले कुण्डलिनी नै विर्स्यो, बाबू आमा नै विर्स्यो, प्रकृति माता नै विर्स्यो, त्यो अदृश्य शक्ति रुपि बीउ नै विर्स्यो, अहिले कृतिम गर्भधारण गरेर एकातिर टेस्ट ट्युब बेबी र अर्को तिर रोबर्ट सन (son) बनाउदै गयो। प्रकृतिलाई दोहन पार्दै छन् , प्रकृतिलाई लात हान्दै छन् , प्रकृतिलाई सर्वनाश गर्दै छन्, प्रयायवरणलाई उल्टो तिर बलजफ्ती चर्खा घुमाए झै घुमाउदै छन् , जस्को परिणाम त आज हामी सबै सजाय भोगी राखेका छौँ ।

जब मान्छे प्राकृतिक कर्मबाट पुरै प्रविधि तिर जान्छ नी, मानवबाट यन्त्र तिर भागदौड चल्छ नि, उसको भित्री जीन नै परिवर्तन हुन जान्छ। रोग प्रतिरोधात्मक क्षमता नै घट्न जान्छ। स्वाभावमा नै परिवर्तन आउँछ , मानवता हराउँछ ।

तिमी राजा भएर दरवारमा बस, राष्ट्पती भएर भवन बस, प्रधानमन्त्री भएर निवासमा बस, डाक्टर भएर अस्पताल बस, पाइलट भएर जहाजमा उड, इन्जिनियर भएर जमिनमा हिड, जो जो जहाँ पुगेका छौ, अन्तत प्रकृतिलाई नभूल। १४४० मिनेटमा एक मिनेट जमीनमा बस, आखाले हेर, कानले सुन, नाकले सुघ, हातले स्पर्श गर र भ्याए तिम्रो श्रमले एक थोपा पानी हाल, नभ्याए तिम्रो भावले धन्यवाद दिदै त्यसलाइ ग्रहण गर । धर्तिमातालाई नबिर्स, जीवनको सार नै धर्तिमा छ, माटोमा छ, त्यसमा खेल्न नछोड, जमिनलाई सुन्दर बनाउन र सिगार्न नछोड, हरियालीलाई बचाइ राख, भूमि नै आमा हो, निराकार एवं अद्वैत शक्ति नै बाबू हो, अन्न नै भगवान हो, आत्मासात गर, त्यसैमा सबैको कल्याण छ, बाकी अर्को भेटमा। हरि ॐ तत सत् । जय कोरोना भन्न ... ....नमिल्ने। जय होस् हामी सबैको ।

 

लेखक : योग गुरु सुबोध - हिमालयन योग एकेडेमी -अध्यक्ष र अध्यापक -त्रिभुवन विश्वविद्यालय संस्कृत विभाग 



क्रमशः