मैले बुझेको योग र आधुनिक मानव

मेट्रो दैनिक, काठमाडौं

  • आचार्य जिबन्ती पौडेल

 सामान्य तया योग भन्ने बित्तिकै जोडिनु भन्ने बुझिन्छ । अहिलेको सन्दर्भमा योग साधना सङ्ग सम्बन्धि कुरा गर्दा अध्यात्मिक उपलब्धि तथा शारीरिक र मानसिक स्वास्थ्य लाभका लागि प्रयोग गरिने बिधिहरु भन्ने बुझी रहेका हुन्छौ । योग शब्दले त्यति साँघुरो अर्थ राख्दैन यो छोटो लेखमा बिस्तृत व्याख्या गर्न सम्भव पनि छैन । यद्दपी शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक रुपमा समेत स्वस्थ रहन सकियो भने मात्रै योगमा प्रबेश गर्न सकिन्छ मेरो आफ्नो यस्तो अनुभव र बुझाई रहेको छ । योग तथा अध्यात्मिक साधनाको जरो खोज्दै खोज्दै जाने हो भने आदि गुरु भगवान शिव नै योग गुरु हुन । माता पार्बतिको योग साधना र भक्तिले भगवान शिवको अर्धाङ्गिनी अथवा आदिशक्तिको रुपमा योग्य बनाएको कथा हामीले सुन्न पाउँछौ । अहिलेको २१औ शताब्दिमा पनि त्यति बेलाको ध्यान बिधिहरु अत्यन्तै बैज्ञानिक थियो भन्ने बुझ्न सकिन्छ  ।

भगवान शिवले माता पार्बतिलाइ सिकाएका ११२ वटा योग र ध्यानका बिधिहरु  थिए । समयको बिकाससंगै तिनै ११२ बिधिहरु बिभिन्न ऋषिमुनि र सन्त हरुले आ-आफ्नो तरिका र अनुकुलतामा प्रयोग गर्दै आए र अनुभवको आधारमा आ-आफ्नै तरिकाले फैलाउदै आए भन्ने मेरो बुझाइ छ । संसार बिबिधतामा एक र एकतामा बिबिध छ । समय र युगको परिवर्तन अनुसार यी बिधिहरुमा राम्रोसंग चर्चा समेत हुन नपाउदा भगवान शिवले दिनुभएको सन्देश बिस्तारै अपभ्रंस हुँदै गएको आभाष हुन्छ । सबैलाइ आफ्नै मात्र बिधि र  सस्कार ठिक हो अरुले गरेको बेठिक हो भन्ने लागेको त छैन  ? सङ्का उब्जिन थालेको छ । अधिकांस मान्छेहरु भौतिक बादको नाममा योग साधनाको बैज्ञानिक पक्ष र पुर्खाहरुले बचाउदै आएका बैज्ञानिक संस्कारहरुलाई अलिकती पनि मान्न तयार नभएको पाईन्छ ।

युग अनुशार चेतना र खोज गर्ने जिज्ञासा बोकेका पुस्तालाइ सहि जानकारी र अनुभव गराउन नसक्दा अध्यात्मको सिङ्गो पाटो चटक्कै छुटेको छ । बिज्ञानले निकै चमत्कारिक बिकास गरी सक्दा पनि अध्यात्मिक बिकासको पाटो चटक्कै छुटेको देखिन्छ । जसको कारण सन्सारलाई सयौं पटक ध्वस्त गर्ने बम, बारुदहरु  निर्माण भई रहेका छन् ।  तर  मानब जगतले अस्तित्वको सृष्टि प्रतीको करुणा, प्रेम र धन्यबादको भाव बिर्सदै गएको छ । मान्छेका मनहरु कठोर र भताभुङ्ग हुँदै जादा मान्छे बाटै मान्छेको असुरक्षित हुने अवस्था आएको छ । आफ्नो अधिकारको लागि अर्काको अधिकारको मर्यादा प्रती बेवास्ता हुँदा सामाजिक अन्याय र बिचलनहरु बढ्दो क्रममा छन भन्दा त्यति फरक नपर्ला । दिन-प्रती दिन समाजमा बढ्दै गएको हत्या, हिन्सा, चोरी , डकैती, लुटपाट, बलात्कार जस्ता अमानबिय घटनाहरु बढिरहनुको पछाडी बिज्ञान र अध्यात्मको बिच समन्वयात्मक तालमेल हुन नसकेको भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

यसै संदर्भमा मलाइ एउटा बोध कथाको सम्झना आयो । मेरो अभिब्यक्ती बुझ्न र बुझाउन सान्दर्भिक होस भन्ने आसयले यहाँ प्रस्तुत गर्दछु । "दुई जना ब्यक्तिहरु संगसंगै यात्रा गर्दै थिए । जादा जाँदै घनघोर जङ्गलको बिचमा पुगेछन । जङ्गलको अर्को छेउ बाट सल्केको आगो सल्किदै सल्किदै जङ्गलको चारै दिशा फैलिएछ । जङ्गल भित्र रहेका सबै प्राणिहरु आ-आफ्नो ज्यान जोगाउन भागा-भाग गरेछन । ती दुई मित्रहरु एक जना आँखा नदेख्ने र एक जना खुट्टाले दरोगरी टेक्न नसक्ने रहेछन  । उनिहरुलाइ पनि आफ्नो ज्यानको मायाँ नहुने कुरै भएन यो बिपत्तिबाट जसरी पनि जोगिनु पर्ने थियो तर कसरी ? बित्यास पर्यो  । एउटा आँखा देख्छ तर हिड्न सक्दैन अर्को हिड्न सक्छ तर आँखा देख्दैन अब कसरी जङ्गलको आगोबाट उम्केर बाहिर निस्कने ? दुबैको लागि ठूलो सङ्कटको क्षण थियो त्यो ।

उनिहरुले एक आपसमा सम्झौता गरे । आँखा देख्ने तर हिड्न नसक्ने मित्रलाई हिड्न सक्ने आँखा नदेख्ने मित्रले बोक्ने र  उसले गरेको निर्देशन अनुसार दगुर्ने सहमति भयो ।  यस्तो बुद्धिमता तरिकाले दुबै जना सकुसल जङ्गल पार गरेछन रे ।" हामिले याहा आँखा देख्न नसक्ने तर हिड्न मात्र सक्ने ब्याक्तिको रुपमा आधुनिक बिज्ञानलाई र आँखा देखेर पनि हिड्न नसक्ने ब्याक्तिको रुपमा अध्यात्म लाई बुझ्न जरुरी छ । अध्यात्मले देखेको बाटोमा बिज्ञानले हिड्ने साहस गर्ने हो भने मात्र  आधुनिक युगमा हामीले खोजेको दिगो शान्ती र बिकास प्राप्त गर्न सक्छौ । एक ले अर्काको अस्तित्व स्विकार गर्न नसक्नु नै सबै भन्दा ठूलो अशान्तिको बिउ हो  । विभिन्न बिधाबाट अध्यात्मिक उचाइ प्राप्त गरेका घटनाहरु हामिले सुने जानेकै छौ । जस्तै मिरा बाइ एक राजकुमारी थिइन उनी श्रीकृष्णको भक्त पनि थिइन । संसारको प्रवाह नगरी श्रीकृष्णको प्रेममा पागल सरि सडकमा नाच्दै अध्यात्मको उचाइ प्राप्त गर्न सफल भईन । गाउँदा गाउँदै कति भक्तजनहरुले  सम्बोधिमा उपलब्ध भएका उदाहरणहरु पनि छन् । शन्त कवीर आफ्नो काम गर्दा- गर्दै सम्बोधिमा उपलब्ध भए । यस्ता प्रसस्त उदाहरणहरु हाम्रो सामु छन ।

अहिलेको समयले हामीलाई छरिएर रहेका विभिन्न पौराणिक बिधा र तिनीहरुको  मान्यता स्थापित गर्न, अध्यात्मिक उपलब्धिको अस्तित्व रक्ष गर्दै बिज्ञानसंग तालमेल मिलाउन समेत चुनौती थपिएको छ । अध्यात्मिक उपलब्धी बाहिर चौर र टुडीखेलहरुमा देखाईने शरिरको एक्सरसईज र चटक मात्र कदापि होईन । मानशिक, भावनात्मक, बैचारीक र र्हिदय तलमा हुने अनुभिती जन्य परिवर्तन हो । अझ यो मानवीय दृष्टिकोणमा समेत बदलाव ल्याउने एक आन्दोलन हो भन्न मन लागेको छ मलाइ ।

अन्तमा अबको मानव : योगगुरु पतन्जलीलर दिनु भएको  ८ चरणहरु यम, नियम, आसन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि, भगवान गौतम बुद्धले भन्नुभएको आर्य अस्टाङ्गिक मार्ग, स्टेफन आर कोबेले प्रस्तुत गरेका सफल मानिसकालागी ८ आदतहरु आदिको समुस्ट रुप हो र हुनु पर्दछ । भगवान श्री ओशोले भन्नु भए जस्तो जीवनबाट भागेर होईन जागेर, भित्र बाहिर दुवै तिर सम्पन्न बनेर मात्र आजको युगको पुरा मानव बन्न सकिन्छ  । शान्त पुरूषहरु सबैको   निस्कर्षले पनि त्यहि एउटै सन्देश इङ्गित गरेको पाइन्छ ।

 हरी ओम तत्सत । । ।