जिवन जिउने कला

मेट्रो दैनिक काठमाडौं

मलाई लाग्छ मानव जिबन  अमुल्य उपहार हो । जसलाइ सहि तरिकाले जिउन जान्यौ भने  जिबन स्वर्ग हुन सक्छ जीवन आनन्दै आनन्द हुन जान्छ । यदि जीवनलाई ठिकसंग  जिउन सकिएन भने जिबन नरक हुन्छ ।

हामिले सुन्दै आएका छौ कि राम्रो काम गर्ने हो भने स्वर्ग प्राप्त हुन्छ । तर स्वर्ग या नरक भन्ने कुरा यहि जिबनमा पाउन सकिन्छ । यदि हामीले जिबनलाइ सहि बाटोमा पहिल्याएर  जिउन सक्यौ भने जीवन स्वर्ग बन्न सक्छ । जिबनमा समस्याहरु त अवश्य आउँछन तर समस्यालाई जीवन बिकासको पाठ बनाउन सक्नु पर्दछ । समस्यालाइ सिकायतको भावमा होईन सामाधान र अवसरको रुपमा ग्रहण गर्न सक्नु पर्दछ ।

सुख र दुःख भन्ने कुरा जीवनको एउटा सिक्काका दुई पाटा हुन । दुख छ त् सुख पनि छ रात छ र दिनको प्रकास पनि छ बिरामी छ र स्वस्थताको महशुस गर्न सक्दछौ ।   जीवन घटनाहरुको शृंखला हो सबै घटनाहरु हाम्रो राम्रोको लागि बिकाशको लागि हो भनेर बुझ्न र ग्रहण गर्न सक्यौ भने मात्र जीवन सदा आनन्दमय हुन सक्दछ ।  

जसरी गितारको तार बढी कस्यौ भने छिन्ने र खुकुलो बनायौ भने झोलिने नबज्ने हुन्छ जीवन पनि सम्यक तवरले जिउन सकेनौ भने दुखमा फस्ने खतरा हुन्छ । त्यसैले सम्यक जीवन शैली नै आनन्दित जीवनको शुत्रधार हो । प्रतिस्पर्ध, शिकायत र कामाना नै जीवनको दुखको कारण हो । 

हामी धेरै जसो मानिसहरू धन सम्पति पद प्रतिस्ठा भए सुखि र खुशी हुन सकिन्छ  भन्ने सोच्दछन तर बाहिरको कुनै पनि सम्पन्नताले जिबन सुखि हुन सक्दैन यसको लागि त स्वयं भित्रको सम्पन्नताको सागरमा डुबुल्की लगाउन सक्नु पर्दछ । बाहिरी सम्पन्नताले आनन्द किन्न सकिने भए संसारमा दुख भन्ने नै हुदैनथ्यो होला ।

जिबनमा धन सम्पति अवश्य आबस्यक पर्दछ तर यसको साथमा ध्यानको माध्यमले स्वयं भित्र प्रवेश गरेर मोति चुम्न जरुरी हुन्छ ।   त्यसैले भगवानाश्री ओशोले जोर्वादी बुद्ध र नयाँ मनुष्यको परिकल्पना गर्नु भएको हो । हामी भाग्यशाली छौ ओशो जस्तो बुद्ध पुरूषको शिष्य हुने अवसर पाएका छौ  । परम गुरु ओशोले भन्नु भए जस्तै जो व्यक्ति भित्र बाहिर दुवै तिर सम्पन्न हुन सक्छ उही व्यक्ति सदानन्दमा जिउन सक्छ । आनन्दमयी जिबन जिउनको लागि न त कसैको साथ चाहिन्छ न त कसैको प्रश्रय तर  आफ्नो साथी आफै बन्न सक्नु भने अवश्य पर्दछ । स्वयं भित्र डुब्न सक्नु भनेको  बिनाकारण अनायासै खुसी मिल्नु हो । तर गुरु बिना अझ जीवन्त गुरु बिना यो सम्भव छैन ।

 जव  मलाई पनि ओशोधारा र यसको जीवन्त सत्गुरुसंग जोडिने अवसर मिल्यो तव मात्र यो अनुभव भयो र सम्भव हुन पुग्यो । लाग्दैछ मेरो जीवनले मार्ग पायो अव हरेक परिस्थितिमा सन्तुलित र आनन्द मय जीवन जिउन सिकेको छु  ।   जो गुरु बिना जीवन जीई रहनु भएको छ वहाँहरु सबैलाई हामी जस्तै ओशोधारमा जोडिएर सत्गुरुको सानिध्यमा जीवन जिउन र आफ्नो जीवन सार्थक बनाउन अनुरोध गर्न चाहन्छु यसैमा सबैको कल्याण छ । सबैको भलो होस् सबैको कल्याण होस् । ।