अष्टाङ्ग योग र मानव जीवन

मेट्रो दैनिक काठमाडौँ 

आजको प्रचलित विषय हो योग। प्राचीन युगमा सर्वशक्तिमान, ज्ञानी, र बुद्ध बन्न, अनुशासित र नैतिकवान हुन, अध्यात्मिक चैतन्यको विकास गर्न, वीजय प्राप्त गर्न योगिक अङ्गहरुलाई जस्तै मन्त्र, आसन, प्रणायाम, मुद्रा, ध्यान आदिको प्रयोग अध्यात्मिक साधनाको रुपमा अपनाइन्थ्यो। विभिन्न तरिकाबाट जप र तपको साधना हुन्थ्यो। यो नियमित शिक्षा पद्धति थियो। जीवनको जिउने पद्धति थियो। जीवनको संस्कृति थियो। यहि जीवन पद्धति र शिक्षा पद्धतिबाट नै मानवीय संस्कार भावीपुस्तालाई हस्तान्तरण गर्दै योगी,  ऋषि र महर्षिहरुले अमूल्य ग्रन्थहरु जस्तै, वेद, उपनिषद, महाभारत , रामायण, पुराण, स्मृति, भगवत गीता, अष्टावक्र गीता, षटदर्शन, योग दर्शन, आयुर्वेद आदि ग्रन्थ हरु प्रादुर्भाव गरे। यी ग्रन्थ आफैंमा ती महान योगीहरुका अमूल्य  यौगिक उपहारहरु थिए। यसै ग्रन्थका नियम र चेतनाको आधारमा मानव जीवन गतिशील हुँदै अस्थित्वमा आयो।  वेदमा भनिएको छ कि " यस्मादृते न सिध्यती यज्ञो विपश्चितश्चरन। स धीनाम योगमिन्वती"। विना योग कुनै पनि विद्वान को कुनै पनि यज्ञकार्य सिद्ध हुदैन। चित्त वृत्ती निरोधको मोक्षप्रद स्थिति योग हो। अन्तर्मुखी वृत्तिको अन्तर्मुखी शुन्यता योग हो।

योगको इतिहास दशौ हजार वर्षको हो। शिव नै आदियोगी एवं आदिगुरु थिए। नेपालको गोसाइँकुण्ड आसपास शिव जी ले पार्वती लाई चतुर्विध योगको विद्या दिएका थिए। शिव पार्वतीको अन्तरक्रिया स्वरुप तन्त्र योग र कुण्डलिनी योग को सुरुवात भएको मानिन्छ। करिव पाँच हजार वर्ष पहिले ऋग वेद नै योगको पहिलो मुख्य सन्दर्भ ग्रन्थ थियो। वेद व्यासले चार प्रकारमा वेद लाई छुट्याइ दिए र उनले तनहुमा मुख्य वेद पढाएका शिष्य मध्येका ४ जना  पैल, वैसम्पायन, जैमिनि र सुमन्तु  थिए।

पैल ऋषिले वेदव्यासबाट पढेको वेद ऋग्वेद हो। यो नै पहिलो वेद मानियो।

जैमिनि ऋषिले वेदव्यासबाट पढेको वेद सामवेद हो ।

वैसम्पायन ऋषिले वेदव्यासबाट पढेको वेद यजुर्वेद हो ।वेदव्यासबाट सुमन्तु ऋषिले पढेको वेद अथर्ववेद हो।महाभारत र योगदर्शनको भाष्य महर्षि वेदव्यासले नेपालको दमौली, तनहुमा लेखेका थिए । महर्षि वेदव्यासका शिष्य मऋषि जैमिनिले मिमांसा दर्शन नेपालको तनहुँ जिल्लामा नै लेखेका थिए।

करिव १८४ -१४८ बि.सि. तिर महर्षी पतन्जलिले पहिलोपटक योगको विशुद्ध दर्शनको सृजना गरे। जसलाई योग दर्शन या योग शुत्र भनिन्छ । यत्रतत्र छरिएर रहेका योगाङ्गहरु ,योगका अमूल्य सूचना एवं  सन्देशहरु एक ठाँउमा सूत्रबद्ध र क्रमबद्ध रुपमा समेटिका छन् ।  १९५ श्लोक र चार पादमा विभाजित यो दर्शन " अथ योगानुशासनम" १/१ ; अब योगको अनुशासनको यात्रा प्रारम्भ हुन्छ भनेर उल्लेख गरि शुभारम्भ गरे।  लगतै " योगश्चित्तवृत्तिनिरोध: चित्तमा अर्थात मन, अहड्ढार र बुद्धि मा पैदा हुने वृतिहरु विलय हुनुलाई योग या समाधी हो भनि परिभाषित गरे।। जीवात्मा लाई शुन्य बनाएर ब्रह्म भावमा  स्थित हुनु योग हो। चित्तमा वृत्ति  स्थित भए पछि  साधाक आफ्नो वास्तविक चिन्मय को रुपमा स्थापित हुन्छ र योगीलाई मोक्ष सिद्धी हुन्छ । चित्त वृत्ती निरोध समाधी हो तर कैवल्य होइन । चित्त वृत्ती निरोध समाधी हो नकि योग। मोक्षप्रद रुपमा वृत्तिहरुको चित्तमा शुन्य हुनु योग हो।

योग दर्शनमा पहिलो पादमा समाधी के हो, कति प्रकारका छन् , योग के हो, योगका स्वरुप के हुन् ? योग या समाधि प्राप्त गर्ने उपाय के के हुन भनी वर्णन गरिएको छ।  योग शुत्रमा भनिएको छ कि "परमाणुपरममहत्त्वान्तो'स्य वषीकार:"- यो. शु. १.४०;अर्थात अभ्यासको निरन्तरताले साधक आफ्नो चित्तलाई सुक्ष्म भन्दा सुक्ष्म परमाणु देखि  परम आकाश  जहाँ चित्तलाई जहिले पनि स्थिर राख्न सकिनेछ भनी प्रष्ट बनाइएको छ।

दोस्रो पाद " साधना पाद" हो यसमा समाधी कसरी प्राप्त गर्न सकिन्छ् भनेर   बताइएको छ। भनिएको छ कि "योगाङ्गनुष्ठानादशुद्दिक्षये ज्ञानदीप्तिराविवेकख्याते: - यो. सु. २.२८; अर्थात योगका सबै अङ्गहरुको अनुष्ठान गरेर सोहो अनुरुप को व्यावहार गरेमा कपडा धोए सरि चित्त पनि सफा हुनजान्छ र योगीको ज्ञानको प्रकाश विवेकख्याती सम्म पुर्याएको हुन्छ। त्यसै गरि भनिएको छ कि " विवेकख्यातिरविप्लवा हानोपाय:" अष्टाङ्ग योग का अङ्गहरु सूत्रबद्ध रुपमा साधना भए पछि अशुद्धीको हरण भइ ज्ञानको प्रकाश पैदा हुन्छ, अनि मात्र निरन्तर बिवेक अभ्यासले अज्ञानको नाश गरि योगमय गराउदछ। निरन्तर अभ्यास बाट विवेक ज्ञानको उज्यालो को सुर्योदय हुन्छ र स्रष्टा आफ्नो स्वरूपमा आइपुगी सर्वज्ञ र  सर्वगुणी हुनेछ ।

साधना पादको पहिलो  सुत्र " तप: स्वाध्यायेश्वरप्रणिधानानी क्रियायोग:- यो. सु. २.१;  तपस्या वा संकल्प सहितको कर्मा, आफूलेंआफ्नै अध्यन गर्नु, र आवस्यकतानुसार विविध  शास्त्राको अध्यनमा समर्पण भाव राख्नु नै क्रिया योग हो। समाधिको स्थितिको भावमा पुग्न सथै क्लेश युक्त्त दु:ख , बाधा, व्यावधानलाई निश्कृयागर्नलाई नै क्रिया योगको महत्व रहन्छ।

"यमनियमासनप्राणायामप्रत्याहारधारणाध्यानसमाधयो'ष्टावङ्गानी"। यो. सु. २- २९ ; योगका आठ अङ्गहरुमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन् । अष्टाङ्ग योगलाई एक पूर्ण योग मानिन्छ, नकि एक प्रकार वा मार्ग। करिव २२ सय वर्ष भन्दा पहिला महर्षि पतन्जलिले विभिन्न ग्रन्थमा छरिएर रहेका योगाङ्गहरुलाई र यसका ज्ञान मूलक सन्देश र अनुभव हरुलाई एकीकृत गरेका हुन् । आधारभूतरुपमा  योग दुई प्रकारका हुन्छन्: एक बहिरंग र अर्को अन्तरङ्ग हुन् । अर्थ प्रधानमा हेर्दा यी आठ प्रकारका अङ्गहरु मध्ये पहिलो चारलाई  बहिरङ्ग योग र बाकी चारलाई अन्तरङ्ग योग भनिन्छ। तर भाव प्रधानमा हेर्दा सामन्यतय यम, नियम , आसन, र प्रणायामलाई बहिरङ्ग योग, प्रत्याहारलाई बीचको पुल र बाकी तीन धारणा, ध्यान र समाधिलाई अन्तरङ्ग योग मानिएको छ। योगको पूरा उदेश्य लाई हेर्दा पहिलो पाँचलाई हठ योग र दोस्रो तीनलाई राज योग पनि मानिन्छ। यश मध्ये पनि सुरुको दुई यम र नियम लाई नैतिक आधार र तेस्रो र चौथोलाई शारीरिक आधारमा पनि  मानिन्छ ।

१. यम: अष्टाङ्ग मार्गको पहिलो अङ्गको रुपमा यम हो। यम सामाजिक एवं  संस्कृतिक आचारण हुन्। यो नियम व्यक्तिले पालना गरे पनि सीधै यसको प्रभाव समाजमा पर्न जान्छ। समाज नै नराम्रो हुने हुन्छ । परिणाम त  मान्छेले अरुलाई कस्तो व्यावहार गर्छ । वरिपरि कस्तो सामाजिक वातावरण बनाउछ आदि यम भित्र पर्छन् । यसका पाँच उप यम छन् ।

क. अहिम्सा: शारीरिक, मानसिक , भावानात्मक, सामाजिक हिसाबले  हानी नपुर्याउनु, चोट नपुर्याउनु , दुखी नबनाउनु, हत्या नगर्नु, आदि। यो यौगिक जीवनको पहिलो महत्त्वपूर्ण मानवीय गुण हो। कम्तीमा यो गुण पालना गरेमा अन्य गुण या विशेषता स्वाभाविक रुपमा नै विकास हुन्छ। अहिम्साका दुइ पक्ष हुन्छ, एक हो शान्ति र अर्को हो प्रेम । शान्ति र प्रेमको भावले समाजमा बाच्नु पर्छ।

ख. सत्य: वेदमा भनिएको  छ कि " ॐ असतोमा सतगमय"  ए दैविक शक्ति परमात्मा ,हामीलाई असत्यबाट सत्यको मार्ग तिर निर्देश गरि दिनु। मन, वचन, कर्मले झुठो नबोल्नु हो। एक पटक झुठो बोले पछि त्यसलाई लुकाउन र दबाउन जिन्दगी भरी झुठको सहारा लिनु पर्नेहुन्छ र जीवनभर तनावमा जिउनु पर्छ। सत्यम सेवाम सुन्दरम नै जीवानका आधार हुन् । अफ्नो स्वार्थ पूर्ती गर्ने हेतु असत्य बोल्दा जीवन भर पीडामा बस्नु पर्छ। सत्यको पालनाले नै जीवन सफल र धन्य हुनेछ।

ग. अस्तेय: कुनै पनि चिज चोरी नगर्नु हो।चाहे धन सम्पत्ति,चाहे समान,चाजे  बौद्धिकता, चाहे शोषण कुनैब्पनी रुपमा चोरी नगर्नु अस्तेय हो। भ्रष्टाचार, कालो बजारी, मिसावट , नियम भन्दा अधिक नाफा खानु आदि अस्तेय विपरीत हुन् । चोरीको फलले रोगी बनाउछ , भोगी बनाउछ, निद्रा हरण गर्छ। सुखी र आनन्दको जीवनमा बाधक बनाइराख्छ।

घ. ब्रह्मचर्य  : इन्द्रियहरुलाइ नियन्त्रण एवं  संयमित राखी पूर्ण अनुशातित रहनु ब्रह्म चर्य  हो। नियमहरुको पालनाले ब्रह्मको जस्तो चर्य एवं  आचरण बनाउनु हो। केही मान्यताकानुसार विवाह नगर्नु, यौन कर्म नगर्नु, ब्रह्म चर्य हो। तर यसलाई पूर्ण रुपमा चाहिँ मान्न सकिँदैन। सृष्टिको नियममा रहि सृष्टिको नियम, शरीर धर्माको पालन, प्रकृतिको नियम,लाई  पालन गर्नु ब्रह्म चर्य हो। जहाँ संयमता, धैर्याता, दीर्घायुता, समानता, आत्मिक चैतन्यको विकास हुन्छ , त्याहा ब्रह्मचर्याको पालना हुन्छ।

सामाजिक नियम विरुद्ध कार्य गर्नु, कामक्रोध, अपराध ,वलत्कार, अति मैथुन, र मैथुनबाट आफू पीडित हुनु, पनि ब्रह्मचर्यको पालना होइन। आठ मैथुन जस्तैः स्मरण, किर्तन, केलि, प्रेक्षण, गुह्याभाषण, संकल्प, अध्यव्साय र मैथुन क्रिया बाट सजग रहनु पनि ब्रह्मचर्य मानिएको छ। गलत आदत जस्तै धूम्रपान , माधक पदार्थ, दुर्व्यसनी , जुवा तास खेल्नु पनि ब्रह्म चर्य विपरीत हो।

ङ. अपरिग्रह: आवस्यकता भन्दा बढी धन सम्पत्ति , भौतिक वस्तुको संकलन नगर्नु अपरिग्रह हो। आवस्यकता र आकाङ्क्षा फरक हुन् । आवस्यकतालाई ध्यान दिनु राम्रो हो, त्यो अपरिग्रह भित्र पर्छ। आकाङ्क्षाले असन्तुष्टि दिन्छ। अपरिग्रहले क्षणिक सुख त दिन्छ तर खुसी र आनन्द दिदैन।  अनावश्यक हिसावले संग्रह गरेमा समाजमा असमानता, अशान्ति , हिम्सा, भ्रष्टाचार, चोरी, डकैत, हत्या, अभाव, पीडा, असुरक्षा बढेर जान्छ। अर्काको हक अधिकार खोसिन्छ।  धनी र गरिवको ठूलो खाल्डो हुनेछ। समाजमा विषमता, खराव एवं दुषित वातावरण सिर्जना हुन्छ। दास मनोवृत्ति बढ्छ ।

यसो भन्दैमा कमाउन नहुने भनेको होइन। आफ्नो क्षमता , योग्यता ,सीप ,कला, ज्ञान, अनुभवको आधारमा सहि तरिका बाट कमाउन सकिन्छ। तर बढि समाजमा लागानी गरि सामाजिक भावना, सेवा, कर्तव्य , खुशी, लाई प्राथमिक उद्देश्य बनाइनुपर्छ नकि जसरी पनि पैसा कामाउ, समाजमा योगदान दिन भन्दा पनि सखाप बनाउने मनोदशा राख्नु नै अपराध हो। यो कदापि  अपरिग्रह हुन सक्दैन।

उपनिषदहरुमा  यी पाँच यम बाहेक पनि दया, आर्जय, क्षमा, धैर्य, स्वल्पाहार, तथा शौच आदि पनि उल्लेख गरिएको छ।

२. नियम: अष्टाङ्ग मार्गको दोस्रो अङ्गको रुपमा नियम रहेको छ। नियम नितान्त व्यक्तिगत आचरण हो। व्यक्ति आफैले स्व विवेकले पालाना गरि आफू र समाजलाई सहि रुपमा अगाडी बढाउनु पर्छ। नियम भनेकै व्यक्तिको अनुशासन हो।व्यक्तिलाई सहि आचरण दिई नैतिकवान, सु शभ्य, एवं असल नागरिक बनाउनमा नियमको भूमिका हुन्छ।

नियमको आधारभूत विधिहरुब्पालना विना हामी स्वस्थ, सफल, एवं दीर्घायु जीवनको कल्पना गर्न सक्दैनौ। नियमको पनि पाँच उपाङ्गहरु छन।

१. शौच:  योग सुत्र एक दर्शन हो। दर्शन एक गहिरो र बृहत सोच एवं दृष्टिकोण प्रदान गर्छ।  शौच आफैंमा एक असीमित विषय एवं  प्रक्रिया हो। शारीरिक- आन्तरिक र बाहिरी, मानसिक , भावानात्मक, नैतिक , सामाजिक, संस्कृतिक , वातावरणीय, व्यावसायिक, राजनीति आदि कुनै पनि रुपमा शुद्धता हुनु नियम हो। सफासुग्घर हुने देखि लिएर चारित्रीक एवं अध्यात्मिक शुद्धिकरणसम्म लाई संकेत गरिएको छ। जसरी हठ योगमा षटकर्म को रुपमा निश्चित कर्म र संख्या दिएको छ तर योग दर्शनमा संकेत गरि द्वार खुल्ला राखी दिएको छ।

३.  तप: तप एक महत्त्वपूर्ण वैदिक साधनात्मक शब्द हो। सनातन समयमा ध्यान एवं  साधनालाई तप या तपस्या भनिन्थ्यो जुन समाधी,योग या कैवल्य प्राप्तिको लागि गरिन्थ्यो। पछि आएर त्यही साधनालाई समग्रमा योगले सम्बोधन हुन थाल्यो। तप भन्नले श्रद्धाभावले गरिने कर्मलाई बुझाउछ। अनुशासित जीवनको लागि गरिने  जोडबलले , भक्तिभावले, मनोबलले गरिने शारीरिक हर्कतलाई तप भनिन्छ । खारिएको, अभ्यास्त भएको, सहन गर्न सक्ने, कठोर हुन सक्ने व्यक्तिलाई तपिएको भनिन्छ। तप क्रिया योगको अङ्ग पनि मानिन्छ । यो एक प्रकारको कर्म योग नै हो।

२.  सन्तोष: "सन्तोष परम सुख:" सन्तोष नै परम सुख हो, परम खुशी हो।केही पाएर केही क्षण सुख पाउन सकिन्छ तर स्थायी रुपमा खुशी पाउन सकिँदैन। जे छ, सन्तोष लिनु पर्छ। कति छ मा होइन। सन्तोष छैन भने दरबारले, उच्च पदले, ठूल्ठूला कम्पनीले, सुविधाजनक गाडीले खुशी हुन सकिदैन। सन्तोष छ भने गुफा , कुट्टी, मा पनि स्वर्ग हुन्छ। खुशी यस्तो चिज होइन कि बाहिर डुलेर खरिद गर्न सकिने होइन, यो त भित्र खोज्नु पर्छ। गुगुल खोजेर भेट्टिइदैन, गुरु खोजेर या दिमाग खोलेर पाउन सकिन्छ ।

४. स्वाध्याय: 'स्व' को अर्थात आफ्नै अध्ययन गर्नु नै स्वाध्याय हो। स्वयमको अध्ययन गरेर नै दिव्यता प्राप्त हुन्छ। आफ्नो सजगताले सबै कुरा आफू भित्रै पाउन सकिन्छ। आफूलाइ अध्ययन गर्दा दु:ख देख्यौ भने त्यही नाश हुन्छ्। प्रकाश देख्यौ भने त्यही बढ्छ ।अनि हाम्रा सनातन वेद, उपनिषद, योग दर्शन, र गुरु वचन पढेर आफू धन्य हुन सकिन्छ। आफूलाई चिन्न सकिन्छ, तेति भए पनि एक हद सम्म आनन्द प्राप्त हुन्छ। यो एक प्रकारको ज्ञान योग हो।

५. ईश्वरप्रणिधान: परमात्मा, प्रकृतिमा, गुरुमा, इष्ट देवतामा, भक्तिमा, साधनामा अत्मा भावका साथ श्रद्धा भावका साथ समर्पण गर्नु, पादसेवन गर्नु, प्रेम गर्नु, नै ईश्वरप्रणिधान हो। ईश्वर को अर्थ पुरुष या परम चेतना, भगवान, अदृश्य शक्ति जसले यो सृष्टि कायम गरि यो अस्थित्व चलाइराखेको छ। त्यही परमात्माको पूजा गरौ। प्रथना गरौ। यो एक प्रकारको भक्ती योग हो।

त्रिशिखिब्रह्मण उपनिषदमा यी बाहेक आस्तिक, भाव, दान, भगवत ध्यान, वेदान्त श्रवण, लज्जा, मति, जप, तथा व्रत पनि नियमका उपाङ्गहरुको रुपमा उल्लेख गरिएको छ।

३. आसन: अष्टाङ्ग योगमा आसन तेस्रो अङ्ग हो। "स्थिरम सुखम आसनम" स्थिर र सुखको स्थिती नै योग हो। शिवको अनुमानित प्रस्तुतिमा चौरासी लाख आसन रहेका छन् । यो सन्सारमा भएका चौरासी प्रकारका जीवहरु अर्थात चौरासी योनीहरु को आधारमा प्रक्षेपण गरिएको हो।तर आजकल सामान्यतया  चौरासी आसनलाई अभ्यासमा ल्याइन्छ । तर दैनिक अभ्यासमा चार आसन भए पनि नियमित छ भने पुग्छ। तर यो किन भनेर बुझ्नु पर्ने हुन्छ।आजको दुनियाँमा , विशेष त शहरी र आधुनिक जीवनमा केही बढी आवस्यक पर्न सक्छ। तर सिद्धान्तत भन्ने हो भने ध्यानात्मक आसन सिद्धी भए पुग्छ। लामो समय सम्म ध्यान गर्न को लागि आवस्यक  क्षमता विकास गर्न आसनको अभ्यास गरिन्छ।  आसन एवं प्रणायाम भनेका ध्यानको तयारीको लागि हुन् । एकाग्रता हुँदै ध्यानको स्थितिमा पुग्नु समाधी या योगको स्थिती प्राप्त गर्नु हो। योग दर्शनमा त आसनको परिभाषा एवं महत्व  दर्शाई केही ध्यानात्मक आसनको मात्र उल्लेख गरिएको छ। शिव सम्हितामा समेत मात्र चार आसनको उल्लेख गरिएको छ।

४.

क्रमशः ....