काठमाडौं उपत्यकामा मात्र  ३८ जनामा कोरोना संक्रमण

मेट्रो दैनिक काठमाडौँ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको  जानकारी अनुसार काठमाडौँ उपत्यकामा हालसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५१९ पुगेको छ ।

शुक्रवार काठमाण्डूमा २४ जना, ललितपुरमा ५ जना र भक्तपुरमा एक जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो । कुल सङ्क्रमितको सङ्ख्या काठमाण्डूमा ४१४ जना, ललितपुरमा ९६ जना र भक्तपुरमा ५६ जना पुगेको छ । काठमाडौँमा मात्र सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको  जानकारी अनुसार नेपालमा एकै दिन कोरोनाभाइरस सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । साथै शुक्रवार विभिन्न जिल्लामा थप २२४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,७७१ पुगेको  छ ।