लमजुङका ४७ जनाले  नेकपा परित्याग गरी  काँग्रेसमा प्रवेश

मेट्रो दैनिक, काठमाडौँ

लमजुङमा ४७ जना सत्तारुढ पार्टी  नेपाल कम्युनिष्ट (नेकपा)को सदस्य नेकपा त्याग गरी नेपाली काँग्रेस प्रवेश गरेका छन् । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य एवं सुन्दरबजार नगर इकाईका प्रवक्ता समेत रहेका प्रकाश सेढाईंले उनीहरुलाई नेपाली काँग्रेसमा भित्र्याएका हुन् ।

सुन्दरबजार नगरपालिका वडा नं. २ परेवाडाँडाका टेकबहादुर वि.क., हिरालाल बि.क., बाबुराम बि.क., प्रकाश पन्त्, विजय परियार, लक्ष्मी वि.क, मोहन अधिकारीलगायत ४७ जनालाई काँग्रेसमा प्रवेश गराएका सेढाईंले मेट्रो दैनिकलाई जानकारी दिए ।

नेपाली काँग्रेस प्रवेश गरेका लक्ष्मी वि.क.ले नेपाली काँग्रेसमा प्रवेश गरेकाले खुसी व्यक्त गरेकी छन ।