“तिमी सित माया गर्दा” बोलको गीत सार्वजनिक

मेट्रो दैनिक काठमाडौँ ।

चर्चित गायक तथा संगीतकार रोशन राई “पालुवा स्टार” र बहु चर्चित मेलिना राईको स्वरमा रहेको “तिमी सित माया गर्दा” बोलको गीत सार्वजनिक भएको छ। रमेश नामहाङ्गको शब्द तथा संगीत रहेको यो गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका छन् भने मिक्सिङ्ग किशोर थापाले गरेका हुन्।

यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेलहरु लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ। यो गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन र कलर बिष्णु खड्काले गरेका हुन्।

लक्ष्मी बर्देवा र जीवन भट्टराईकै कन्सेप्ट र निर्देशन रहेको यो गीतको म्युजिक भिडियोमा बेमेल माया गर्दा समाजमा हुने घट्ना र स्थितिलाई चित्रण गरिएको छ।  https://www.youtube.com/watch?v=EuroJYLlwLQ&feature=youtu.be