काठमाडौं उपत्यकामा थप १४०३ जनामा संक्रमण पुष्टि

 मेट्रो दैनिक काठमाडौँ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । भने २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

त्यस्तै बुधवार अपराह्णसम्म थप १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ६७५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ ।

मन्त्रालयका अनुसार सो अवधिमा २,१७४ सङ्क्रमित रोगमुक्त भएका छन्।  देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।