अहिले सम्मैको सर्बाधिक  वृद्धि, पछिल्लो २४ घण्टामा ५००८ कोरोना संक्रमित थपिए

मेट्रो दैनिक काठमाडौँ । 

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा बितेको २४ घण्टामा ५००८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५,६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४,२५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालदेशभर ३० हजार ८१८ संक्रिय संक्रमित छन् ।