कोरोना सङ्क्रमणले थप १२ जनाको मृत्यु

मेट्रो दैनिक काठमाडौँ ।

पछिल्लो २४ घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप १२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बताएको छ। नेपालमा अहिलेसम्म ६७५ सङ्क्रमितको मृत्यु भएको देखिन्छ ।

मन्त्रालयका अनुसार सो अवधिमा २,१७४ सङ्क्रमित रोगमुक्त भएका छन्। भने २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा १४०३ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ९९६, भक्तपुरमा १०२ र ललितपुर जिल्लामा ३०५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।