कोरोनाबाट आजमात्र १४ जनाको मृत्यु

मेट्रो दैनिक काठमाडौँ । 

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कको अनुसार पछिल्लो २४ घण्टाको अवधिमा शनिवार अपराह्णसम्म थप १४ जनाको कोरोनासँग सम्बन्धित कारणले मृत्यु भएको छ। नेपालमा अहिलेसम्म ६१४ सङ्क्रमितको मृत्यु भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा बितेको २४ घण्टामा ५००८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।