योग सप्ताह र यसको सान्दर्भिकता
  • योग गुरु सुबोध सिंखडा

ॐ ! छैठौं अन्तर्राष्ट्रिय योग दिवस सप्ताह २०२० समापन भयो। यो अत्यान्त प्रभावकारी र अवस्मरणीय रह्यो। यसको नेतृत्व गर्ने सोनाम साथी गुरु बधाई र सम्मानको पात्र हुनुहुन्छ।  साथै व्यवस्थापन समितिमा बस्ने सबै मित्रहरु र आ-आफ्नो प्रस्तुति दिनु हुने महानुभावहरु र सबै उपस्थिति हुनुभएका महानुभावहरु सबै प्रती आभारी छौँ । सबै जना जोडिएर भव्य र सभ्य कार्यक्रमको कारण यसले राष्ट्रिय स्तरको मान्यता पहिले नै पाए जस्तो भैसकेको छ। आ-" आफ्ना मनो वृतिमा रुमल्लिएर बसेका हामी सबै पनि सत्य र तथ्य बुझ्न बल्ल पाएका छौ । लुप्त र सुप्त भएर बसेकाहरुले पनि  खुल्न पाए, बोल्न पाए, आ-आफ्ना संस्था र स्वयंलाई चिनाउन सफल हुनु भयो। हाम्रा  संस्कार, सम्प्रदाय, विधि र बिधान केही फरक भए पनि धेय एउटै रहेछ भन्ने बोध पक्कै भएको छ। मात्र हामीले यात्रामा छुट्टै जहाज चढेका मात्रा हौं । हामी सबै एउटै ब्रह्माण्ड रुपी छाता भित्र पो रहेछौ भन्ने कुराको बोध गर्न सफल भएका छौ। यस मानेमा हामी सबै धन्य छौ ।      

स्वास्थ्यका लागि योग,घरमा योग” भन्ने छैटौ अन्तराष्ट्रिय योग दिवसीय नाराका साथ ५ दर्जन भन्दा बढी यौगिक संघ सस्थाहरु,योग क्षेत्रका विज्ञ व्यक्तित्वहरुका विभिन्न योग ध्यान सँगका विविध प्रवचन,प्रर्दशनलाई जोडेर सम्पन्न गरिएको साप्ताहिक योग दिवस कार्यक्रमलाई सफल बनाउन लाग्नुहुने सवै पक्षलाई व्यवस्थापन समितिबाट धन्यवाद ज्ञापन गरिएको थियो।

योगको उत्पति नेपालबाट भएको विषयमा आफ्नो धारणा आत्मासात गर्दै  शिव, कपिल, जनक, बुद्ध जन्मेको भूमिमा उहाँहरुले सिकाएर जानु भएका योग परम्परा सँस्कृतलाई जीवन्त राख्न यसको अन्वषेण,अनुसन्धान गरि यसकोे व्यापक विश्लेषण तथा संश्लेषण हुनु पर्ने आवाश्यकता औल्याइएको छ।

मेरो २४ वर्षको योगको यात्रामा कसैले पनि आजसम्म समेट्न सकेको देखिएन र त्यो आज सम्भव देखियो।  मैले बेला बेलामा यस्तो प्रस्ताव राख्दै आएको पनि हो। हामीले सबै जोडिओस भनेर प्रयास गरेका पनि थियौ। कतिपय ठाउँमा अझै पनि संयोजन होस् भनेर कतै दुइटा संस्था बन्न मैले नै रोकेको पनि यथार्त छ।। कतै खुलेर नै विरोध गरिएका पनि छौ।  यथार्तमा भन्नू पर्दा आ- आफ्नै स्वार्थ, व्यक्तिवादी सोच, संस्थाको होडबाजी, पदलुप्त प्रवृतिले योग अध्यात्म विज्ञान एवं यस भित्रका सबै योगाङ्गहरु, धर्म, संस्कृति, परम्परा छिन्नभिन्न जस्तै देखिन्छन्। बाहिर योगी बन्ने भित्र भित्र भड्काउने, सबैलाई अध्यक्ष बन्नै पर्ने, २/४ संस्थाको अध्यक्ष भएर पनि नपुग्ने देखियो, र अवषेश अझै छन् । दर्शन र पद्धति या ज्ञान र विज्ञान भन्दा पनि सम्प्रदायिक ब्रान्ड बन्न थाल्यो। योगको प्रष्ट अर्थ र भाव देखिने भन्दा पनि  व्यक्तिको फोटो पर्दामा देखिन पुग्यो। अन्जानमा गल्ती हुन्छ त्यो सामान्य हो तर  महसुस गर्नु त पर्यो। सिक्न प्रयास त गर्नु पर्यो। मानव यात्रामा  हाम्रा मार्गहरु, कसैका सम्प्रदाय, कसैका साधन एवं साधना फरक होलान्  तर धेय त एउटै हो।  स्वास्थ्य, खुशी, र संयमता पथ हुँदै परम आनन्दको अनुभूति हुने नै हो।  हामी सुख प्राप्ती गर्दै खुशी र आनन्दको स्थितिमा पुगी प्रकृति, मानव एवं  जीव कल्याणहेतु कार्य गर्नु हो भनी  बोध गरिनुपर्छ । सायद यो सप्ताहले धेरै सिकाएको हुनुपर्छ सबैलाई।

अन्ततः जन्म , जीवन र मृत्युको ध्रुब सत्यतालाई बोध गर्दै सबैलाई जोड्दै र संयोजन गर्दै अगाडि जाने नै हो। यो हाम्रो आजको दायित्व पनि हो आउँदो पुस्ताको लागि। आदरणीय गुरुहरु, साधकहरु, सम्मानित व्यक्तित्वहरुले मार्ग निर्देशन समितिमा बसि बाटो देखाइ  दिनुस् ।  अनि अलि सकृयता, क्षमता र योग्यता भएका जसले सम्मान गर्न पनि सिकेका छन् , अध्यात्म बुझेका पनि छन् , साधना गर्न पनि जानेका छन, शोध र अनुसन्धानको मार्ग पनि चिनेका छन, साथै कतिपय मित्रहरू औपचारिक शिक्षाले आधिकारिक र सबल पनि छन् , सबैको आवस्यकतानुसार पहिचान गरि एक चुस्त, दुरुस्त, व्यस्त र मस्त राष्ट्रिय समिति  "योग र अध्यात्म प्रतिष्ठान नेपाल" जस्तै नामको कुनै समिति बनोस् , हामीलाई नभए नि भोलिलाई टेक्ने धरातल दियौ। प्रणालीको विकास गरौ नत्र भोलिका सन्ततिले धिकार्ने छन् । इतिहासले धिकार्ने छ। हिमवत क्षेत्र र हिमालय पर्वतले सराप्ने छ। योग जन्मेको भूमि, तपो भूमी, ऋषि भूमी, पूर्वीय ज्ञानको मूल थलोलाई चिन्न  ढिला भै सक्यो। नेपाललाई योग भूमी हो भनेर पहिचान गर्न ढिला भैसक्यो। 

 

कहिलेकाही मेरा पिडायुक्त अनुभव थिए र अझै पनि छ, जस्तो कि विश्व समाजलाई  हाम्रो हिमवतीय ज्ञान- विज्ञान, यसको इतिहास र अभ्यास  सिकाइ रहदा, विश्व बजार नेपालको पहिचान र पूर्वीय ज्ञान - विज्ञानको प्रादूर्भाव को दर्शन छटिरहदा कहिले त आफैं लज्जित हुनु परेको थियो र अझै पनि छ। किनकी  न राष्ट्रिय निकाय हामी सङ्ग रह्यो,  न अनुसन्धान संस्था हामी सङ्ग रह्यो, न विश्वविद्यालय हामी सङ्ग रह्यो, न सरकार हामी सङ्ग आफ्नै स्वाभिमानका साथ थियो, कस्तो बिडम्बना, कस्तो दुर्दशा। 

 

बल्ल एउटा काम चाहिँ सुरु भयो, त्यो हो त्रिभुवन विश्वविद्यालयमा १ वर्षे योग विज्ञान अध्यन।  हामीले  त्रिभुवन विश्वविद्यालयमा एकेडेमी कोर्ष शुरु गराउन यिनै विचारको मूल्य र मान्यता स्थापित गर्न सफल भयौ। हामी र संस्कृत विभागका दुर-दृष्टि भएका विद्वान गुरुहरुको अथक प्रयासले विश्वविद्यालयमा सकारात्मक वातावरण बन्यो, अनन्त पाठ्यक्रम स्वीकारियो र आज एउटा इतिहास बन्यो। मेरो जीवनमा त्यो क्षण जस्तो खुशिको क्षण कहिले थिएन।  मलाई थाहा छ, कर्म मा निस्वार्थ भाव र अनाशक्ती को महत्त्व। अहिले हाम्रो सामु विश्वविद्यालय शिक्षा प्राप्त गर्ने जनशक्ति पनि छ।  अब उनीहरुलाई स्थापित गर्नु पनि हाम्रो दायित्व रहनेछ। 

छैठौ अन्तराष्ट्रिय योग दिवस साप्ताहिक कार्यक्रम समापनको पूर्व सन्ध्यामा योग  र अध्यात्मा सम्बन्धित नेपालमा रहेर काम गरिरहेका यौगिक संघ संस्थाहरु,स्वतन्त्र तवरले योग अध्यात्मालाई लाग्ने विज्ञ व्यक्तित्वहरु लगायत यस सँग सम्बन्धित सबै पक्षलाई समेटेर एउटा साझा सन्जाल निर्माण गर्ने ध्येयका साथ स्वनाम साथीको संयोजकत्वमा २५ सदस्यीय संयोजक समिति घोषणा गरिएको छ ।

समितिका अन्य सदस्यहरुमा डा. क्षितिज बराकोटी, डा. सुवास घिमिरे, डा. राजु अधिकारी, डा. जनक बस्नेत,  योगाचार्य डा. सुबोध सिंखडा,  डा. नारायण गौतम, डा. काशीनाथ न्यौपाने, वेदराज ज्ञवाली, बालमुकुन्द सुवाल, नबराज काफ्ले, माणिकलाल बज्राचार्य,  मिनराज अधिकारी, अर्जुन रखाल मगर, स्वामी ईश्वरचन्द्र विद्या सागर श्रेष्ठ, किशोर दाहाल, रामचन्द्र अधिकारी, योगाचार्य सरिता उप्रेती, अजित तामाङ्ग, ग्रोविन तौजले, शुसिल अग्रवाल, स्वामी आनन्द अरत, सुरेश श्रेष्ठ, कुमार खडका,योगी सोमराज, शिव प्रसाद बस्याल रहेका छन् ।

अब हामीले राष्ट्रिय परिषद बनाउनु नै पर्छ। मन्त्रालयमा एउटा आधिकारिक योग समिति हुनै पर्छ। योग रोगको लागि मात्र नभई स्वास्थ्य, खुशी, आनन्द , समानता, धर्म,  मोक्ष,  समन्वय, एकताको लागि हुनुपर्छ । त्यसै गरि विश्वविद्यालयमा विभिन्न तहको अध्ययन र अनुसन्धान लाई अघि बढाउने र योगको जन चेतना र अभ्यास  देशको कुना काप्चामा पुर्याउनु पर्दछ।  हामीले अभिमुखिकरण  तालिम दिई भएका योग शिक्षकलाई योग्य बनाउनु पर्छ।  सबै जिल्ला लाई योग जिल्ला बनाउनु पर्छ। "उपचार भन्दा रोकथाम नै वेश" र भ्याक्सिनको भन्दा इम्युनको बोलबला भएको बेला योगको महत्व व्यापक छ।  योगमय जीवन बनाउऔ। योगमा पुग्न हरेक क्षण रम्नु पर्छ, प्राण भर्नु पर्छ, निद्रा राम्रो हुनुपर्छ, आहार, विहार, विचार र विश्राम सहि र सन्तुलित हुनुपर्छ,  ध्यानमग्न हुनुपर्छ, हुन त योग भित्रका सबै योगाङ्गहरुको अभ्यास नै ध्यानतर्फ को यात्रा हो जसले हामीलाई योगभावमा पुर्याउछ। सम भावमा पुर्याउछ। हरेक क्षण नै हाम्रो ध्यान बन्नु पर्छ र अनि मात्रा हामी योगको स्थितिमा पुग्छौ। "समत्व योग: उच्चते"।

हरि तत सत्

छैठौ अन्तराष्ट्रिय योग दिवस

छैठौ अन्तराष्ट्रिय योग दिवस साप्ताहिक कार्यक्रम समापनको पूर्व सन्ध्यामा योग  र अध्यात्मा सम्बन्धित नेपालमा रहेर काम गरिरहेका यौगिक संघ संस्थाहरु,स्वतन्त्र तवरले योग अध्यात्मालाई लाग्ने विज्ञ व्यक्तित्वहरु लगायत यस सँग सम्बन्धित सबै पक्षलाई समेटेर एउटा साझा सन्जाल निर्माण गर्ने ध्येयका साथ स्वनाम साथीको संयोजकत्वमा २५ सदस्यीय संयोजक समिति घोषणा गरिएको छ ।

समितिका अन्य सदस्यहरुमा डा. क्षितिज बराकोटी, डा. सुवास घिमिरे, डा. राजु अधिकारी, डा. जनक बस्नेत,   योगाचार्य डा. सुबोध सिंखडा,  डा. नारायण गौतम, डा. काशीनाथ न्यौपाने, वेदराज ज्ञवाली, बालमुकुन्द सुवाल, नबराज काफ्ले, माणिकलाल बज्राचार्य,  मिनराज अधिकारी, अर्जुन रखाल मगर, स्वामी ईश्वरचन्द्र विद्या सागर श्रेष्ठ, किशोर दाहाल, रामचन्द्र अधिकारी, योगाचार्य सरिता उप्रेती, अजित तामाङ्ग, ग्रोविन तौजले, शुसिल अग्रवाल, स्वामी आनन्द अरत, सुरेश श्रेष्ठ, कुमार खडका,योगी सोमराज, शिव प्रसाद बस्याल रहेका छन् ।

लेखक : योग गुरु सुबोध सिंखडा